'उपभोक्ताको हितमा कुरा उठाउँदा सरकारले परिषदबाट राजिनामा दिन बाध्य पार्यो'

काठमाडौं । लामो समयदेखि उपभोक्ता अधिकारका विषयमा आवाज उठाउदै आएका अधिकारकर्मि प्रेमलाल महर्जनले उपभोक्ता संरक्षण परिषदको सदस्यबाट राजिनामा दिएका छन् । 

बिगत ४ दशक लामो उपभोक्ता अधिकार क्षेत्रमा काम गरेका महर्जनले उपभोक्ता अधिकारको कुरा उठाउदा सरकारी निकायबाटै धम्कि आएको बताए । 

'लोकतान्त्रिक सरकारको रूपमा रहेको यो सरकारकै सदस्यहरूबाट अनुचित व्यापारिक कृयाकलाप गरेको बिषयमा सरकारलाइ आवश्यक कारवाहीको लागि अनुरोध गर्दा सरकारको बिरोध गरेको आरोपमा मलाइ सरकारको बिभिन्न तह र तप्काबाट उपभोक्ता संरक्षण परिषदको सदस्यबाट राजीनामा दिन ठूलो दवाव आएकोले उपभोक्ताको पक्षमा आवाज उठाउन पनि नदिने, व्यक्तिको मौलिक अधिकार समेत कुण्ठित गराउने सरकारको कार्यले गर्दा सो परिषदको सदस्य पदमा रही रहन उचित नहुने र मेरो आत्मसम्मानमा चोट पुगेकोको कारण यही मंसिर ८ गते देखि लागु हुने गरी सो पदबाट राजीनामा दिएकोछु,' महर्जनले भने ।

महर्जनले आफूले उपभोक्ताको हितमा काम गर्दा सरकारको बिरोध गरेको ठान्ने र अनुचित व्यापारिक कृयाकलाप नियन्त्रणको लागि अनुरोध गर्दा अन्यथा ठानिएको बताएका छन् ।  महर्जन राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष समेत हुन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर