• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अर्थमन्त्रीसँग राजधानी साटेको हैन- मन्त्री पौडेल

पार्टीको अन्तरविरोध बुझ्नै सकिन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा देखा परेको पछिल्लो विवाद तथा लुम्विनी प्रदेशको स्थायी राजधानी तोक्ने विषयका बारेमा आफ्ना धारणा राखेका छन् । पार्टीको विवादका बारेमा आफ्ना मनमा गंभिर प्रश्न रहेको उनले बताए ।

आज बुटवलमा पत्रकार सम्मेलनमा वोल्दै उनले विगतमा पार्टी भित्र सिर्जना हुने अन्तरविरोधहरु हल गर्न आफूले भुमिका खेल्दै आएको भन्दै तर यस पटकको अन्तरविरोधका बारेमा आफूले बुझन नसकेको बताए । पार्टीमा के त्यस्तो सुनामी आयो ? के ले गर्दा यस्तो स्थीति आयो भन्ने गंभिर प्रश्न आफ्नो मनमा पनि रहेको बताए ।

उनले नेकपाको भविष्य कठीन मोडमा आइपुगेको चर्चा गर्दै पार्टीभित्र यस भन्दा अगाडी देखा पर्ने अन्तरविरोध भन्दा यस पटकको भिन्न रहेको बताए ।

महासचिव पौडेलले यस पटकको अन्तरविरोध कल्पना गरेको भन्दा पृथक रहेको पनि विश्लेषण गरे ।  मर्यादाका सिमा नाघेको भन्दै पौडेलले पार्टी भित्रको छलफल र वहसलाई मर्यादामा फर्काउनुपर्ने र त्यसमा लागि परेको बताए ।

पत्रकार सम्मेलनमा महासचिव पौडेललाई लुम्विनी प्रदेशको स्थायी राजधानी तोक्ने विषयसग सम्वन्धित प्रश्न समेत सञ्चारकर्मीले राखेका थिए । रुपन्देहीको बुटवल क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका पौडेलले राजधानीसग अर्थमन्त्री पद साटेको आरोप बारे सञ्चारकर्मीले राखेको जिज्ञामा उनले राजधानीको विषय प्रदेश सभाले टुंगाउने विषय भएको र अर्थमन्त्री प्रधानमन्त्रीले निर्णय गर्ने विषय भएकाले यो साट्ने विषय हुन नसक्ने बताए । 

पदसग राजधानी नसाटेको दावी गरेका पौडेलले बुटवल क्षेत्रको विकासमा लागि पर्ने समेत बताए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर