पाल्पामा ट्याक्टर दुर्घटना,एकको मृत्यु ३ जना घाईते 

पाल्पा ।  पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाईते भएका छन् ।  जिल्लाको पश्चिम रैनादेवी छहरा गाउँपालिका–६, चहलासिमलस्थित दमारदेखि माझीटोलसमा पराल पुर्याउन जादै गरेको लु ३ त ७१५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक रैनादेवी छहरा–६, का १९ वर्षीय रमन भट्टराईको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

यस्तै सोही ट्याक्टमा सवार रैनादेवी छहरा–६, का १६ वर्षीय रक्षा केसी, १५ वर्षकी समीक्षा केसी र १४ वर्षका विकास रायमाझी घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिए । 

घाईतेहरूको  बुटवलस्थित तिनाउ मेडिकल हलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्याक्टर कच्ची सडकदेखि करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर