• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

तस्विरमा हेर्नुहोस् डिएगो म्याराडोनाको जीवनका ऐतिहासिक क्षणहरु

काठमाडौं । डिएगो अर्मान्डो म्याराडोना इतिहासकै एक सर्वोत्कृष्ट फुटबल खेलाडी थिए । उनले सन् १९८६ मा आफ्नो देश अर्जेन्टिनालाई विश्व कपको शीर्षक जिताएका थिए । 

म्याराडोनाको बुधबार ६० वर्षको उमेर हृदयघातका कारण मृत्यु भएको छ । यतिबेला विश्वभरका उनका प्रशंसकहरु एक ‘अद्भुत’ खेलाडी गुमाएको शोकमा छन् । 

इटाली फुटबल क्लब नेपोली र स्पेनी चर्चित क्लब बार्सिलोनाका एक शानदार क्लब करियरका साथै म्याराडोनाले दुई दशकको अवधिमा विश्वभरमा प्रशंसकलाई लोभ्याए । 

म्यारोडोनाले कमाएको ख्यातीमा उनको दुर्व्यसनीका कारण कमी आएपनि उनी विश्वभर फुटबल प्रशसंकका लागि र अर्जेन्टिनामा ‘पाइब दि ओरो’ अर्थात् ‘गेल्डेन ब्वाई’को रुपमा आदर्श व्यक्तित्वका रुपमा रहे । 

१० नम्बरको जुन जर्सी उनले लगाउथे उनी त्यसको पर्याय बने, जस्तो कि ब्राजिलका महान् फुटबल खेलाडी पेले थिए, म्याराडोनालाई पेलेसँगै इतिहासकै कुशल फुटबल खेलाडीको रुपमा जोडिइन्छ । तस्विरमा हेर्नुहोस् उनको जीवनको ऐतिहासिक क्षणहरुः

सन् १९८६, जुन २९ का दिन मेक्सिको सिटीको अजटेका स्टेडियममा भएको फिफा विश्व कप फाइनलअघि तस्विरका लागि लामबद्ध अर्जेन्टिनाका खेलाडीहरु । तस्विरः गेटी 

 

पश्चिमी जर्मिनीलाई ३–२ गोलले पराजित गरेपछि ट्रफी उचाल्दै म्याराडोना । तस्विरः एपी
सन् १९८६ विश्व कपको क्वाटर फाइनलमा इङ्ग्ल्याण्ड विरुद्धको खेलमा अर्जेन्टिनाका म्याराडोनाद्धारा गरिएको चर्चित ‘ह्याण्ड अफ गड’ गोल । तस्विरः गेटी
सन् १९८७, मे १०मा नेपोली क्लबमा म्याराडोनाको आफ्नो पहिलो इटाली लिगको शीर्षक जीतपछिको खुशी । तस्विरः एपी 
सन् १९९५, मे १४ मा ब्राजिलको रियो दि जेनेरियोमा ब्राजिलका महान फुटबल खेलाडी पेलेसँग एक रिसेप्सनमा म्याराडोना । तस्विरः रोयटर्स
सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा अर्जेन्टिना भर्सेस नेदरल्याण्डको खेलका क्रममा उभिएर समर्थन जनाउँदै म्याराडोना । तस्विरः रोयटर्स 
क्युवाका चर्चित पूर्वराष्ट्रपति फिडेल कास्ट्रो, उनी श्रीमती क्लाउडिया भिल्लाफेन र उनका दुई सन्तानसँग तस्विर खिचाउँदै म्याराडोना । तस्विरः रोयटर्स
लागूपदार्थ प्रयोग गरेको आरोपमा १५ महिनाको निलम्बनपछि अर्जेन्टिनाको बोका जुनियर्सबाट खेल्न मैदानमा उत्रिएका म्यारोडोना, उनको कमब्याक सन् १९९५, अक्टोबर ७ मा भएको थियो जतिबेला उनलाई हेर्न उनका ७० हजार प्रशंसक बोमबोनेरा स्टेडियम पुगेका थिए । तस्विरः रोयटर्स
सन् १९९५ को जनवरी ३ मा पेरिसमा म्याराडोनाले लाइफटाइम अचिभमेन्टका लागि विशेष गेल्डेन बल पाएपछि अर्जेन्टिनाका फुटबल स्टार अलफ्रेडो डि स्टेफानोले बधाइई दिँदै । तस्विरः एपी 
सन् २००५, नोभेम्बर ४ मा अर्जेन्टिनाको मार डेल प्लाटामा अमेरिकीको आईभी समिट विरुद्ध एक र्यालीका दौरान भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजसँग म्याराडोना । तस्विरः एएफपी
सन् २०१४, ४ सेप्टेम्बरमा भ्याटिकनमा पोप फ्रान्सिससँग म्याराडोनाको भेट । तस्विरः इपिए
सन् २०१८, सेप्टेम्बर १० मा मेक्सिको फुटबल क्लब डोराडोसको प्रशिक्षकको रुपमा पहिलो प्रशिक्षण सत्रमा म्याराडोना । तस्विरः एएफपी

 

सन् १९८२, १६ जनवरीमा टोक्योमा जापानी राष्ट्रिय टोली र सिए बोका जुनियर्सबीच खेलका क्रममा जापानका कोजी तानाकालाई गोल छक्याउँदै । तस्विरः एपी
सन् १९७७, सेप्टेम्बर १२ मा बुइनोस एयर्समा एक फुटबल प्याचमा शरीरलाई तन्काउँदै १६ वर्षीय म्याराडोना । उनले आफ्नो १६औँ जन्मदिनमा व्यवसायिक फुटबल यात्रा अर्जेन्टिनोस जुनियरबाट सुरु गरेका थिए । त्यसको केही महिना पछि नै उनको डेब्यु राष्ट्रिय टिममा भएको थियो । तस्विरः एएफपी

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर