इयुको आकाशमा नेपाललाइ प्रतिवन्ध लगाउनुको कारण छैन–पर्यटनमन्त्री

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एभिएसन सेफ्टी रिपोर्ट’ २०२० सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्राधिकरणले सेफ्टी रिपोर्ट २०२० सार्वजनिक गरेको हो ।

प्राधिकरणले जारी गरेको सेफ्टी रिपोर्टमा नेपालमा हाल १० वटा हेलिकोप्टर कम्पनी सञ्चालनमा रहेको र ९ वटा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले हवाई सेवा प्रदान गर्दै आएको उल्लेख छ  । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपियन युनियनको आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउनुपर्ने अवस्था अहिले नरहेको बताए । 
प्रविधिको हिसावले केहि पछाडी परेपनि नेपालको उड्डयन क्षेत्रको प्रगति अन्तराष्ट्रिय क्षेत्रमा प्रसंसायोग्न नै रहेको उनको भनाई छ । उनले बिभिन्न कारणले युरोपियन युनियनको आकाशमा लगाइएको प्रतिवन्ध छिटै हट्ने पनि बताए । उनले नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुई भागमा विभाजन गरी दुईभागमा बिभाजन गर्ने कानून संसदमा पुगेको उल्लेख गरे । 
प्राधिकरणले सार्वजनिक गरेको रिपोर्टमा नेपाली हवाई आकाशलाई थप सुरक्षित बनाउनका लागि भएका प्रयासलाई पनि समेटीएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर