• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

म्याराडोनाको निधनमा विश्वका नेताहरु तथा समर्थकले के भने ?

काठमाडौं । फुटबलका सबैभन्दा प्रभावशाली र चम्किला खेलाडीमध्ये एक अर्जेन्टिनाका म्याराडोनामा प्रतिभा, शोख, दृष्टिकोण र गतिको यस्तो भण्डार थियो ।  जसबाट उनले आफ्ना समर्थकलाई मन्त्रमुग्ध बनाउँथे । फुटबलका उनै महान हस्ति म्याराडोनाको निधन सँगै उनका समर्थकहरु दुखी बने । उनको निधनले अर्जेन्टिना शोकमा डुबे धेरैको आखाँ रसाए । अर्जेन्टिना यतिखेर उनको निधनमा शोकमा छ । फुटबलका होनाहार हस्ति गुमाउँदा देशले तीन दिन राष्ट्रिय शोक मनाइरहेको छ । 

म्याराडोना क्युवा र भेनेजुएलाका असल मित्र थिए । फिडेल कास्त्रोको मृत्युको चौथो वार्षिकी मनाउने तयारी भइरहेका बेला उनले यो संसार छाडे । माराडोनाका लागि क्यास्ट्रो “दोस्रो बुबा“ थिए । उनको क्यारिअर फुटबलमा भए पनि राजनीतिक विचार भने ल्याटिन अमेरिकाको कम्युनिष्ट राजनीतिज्ञलाई सहयोग गर्थे । म्यारोडना भेनेजुएलाको बोलिभेरियन क्रान्तिबाट प्रभावित थिए । नजिकको सम्बन्धकै कारण म्याराडोनाको निधनपछि पहिलो शोक व्यक्त गर्ने मुलुक भेनेजुएला बन्यो । विश्वकप फुटबलमा ‘हेन्ड अफ गड’ गोलबाट चर्चित बनेका म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएसँगै फुटवलका समर्थकहरु शोकमा डुबेका छन् ।

उनको निधनमा सबैभन्दा पहिला भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले टुइट गर्दै भने— हामीले फुटबलका महान हस्तिले छाड्दा दुख लागेको छ । भेनेजुएलाको एक असल मित्र म्याराडोनाल तिमी सधै मेरो मुटुमा रहिरहनेछौ यो शोकको घडीमा व्यक्त गर्ने म सँग कुनै शव्द छैन । भेनेजुएलाको राष्ट्रपतिपछि अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नांडीजले डिएगो माराडोनाको मृत्युले आफूलाई उजाड बनाएको भन्दै दुख व्यक्त गर्दै तीन दिनसम्म राष्ट्रिय शोक मनाए घोषणा गरे । 

त्यस्तै म्यारोडनाका नजिक रहेका बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेसले दुख व्यक्त गर्दै लेखे विश्वको सर्वश्रेष्ठ महान फुटबल खेलाडी संघर्ष गर्ने व्यक्तित्वको निधनले मलाई दुखित् तुल्याएको छ । बोलिभियालाई धेरै माया गर्ने म्याराडोना फुटबलको महान रक्षक भएको र विश्वले एउटा असल फुटबलर गुमाएको उनले बताए । 

बोलिभियाबाट त्यस देशका वर्तमान राष्ट्रपति लुइस आर्सेले ट्वीटर मार्फत भनेका छन् “फुटबलको १० वटा ल्याटिन अमेरिकी भाई डिएगो अरमान्डो माराडोनाको निधनले दुखित् बनाएको बताएका छन् । उनको निधनले विश्वले एक होनाहार बुटबल खेलाडी गुमाएको बताएका छन् ।

मध्य अमेरिकी देशका राष्ट्रपति डेनियल ओर्टेगा र उप राष्ट्रपति रोजारियो मुरिलोले म्याराडोनाको दुखद् समाचारले दुख व्यक्त गरेका छन् । म्याराडोनाका यस ग्रहका महान खेलाडी  गुमाउनु परेकोमा दुख लागेको उल्लेख गरेका छन् ।  यसैबीच, ब्राजिलका पूर्व राष्ट्रपति लुइज इन्सिआओ लुला दा सिल्भाले लेखेका छन् कि “डिएगो अरमान्डो माराडोना फुटबलको विशाल, अर्जेन्टिना र सम्पूर्ण विश्वको, एक विशिष्ट प्रतिभा, र व्यक्तित्व हो“ भनेका छन् । उनले अगाडि लेखेका छन्—“उनी फुटबल क्षेत्रको प्रतिभा र अनुकम्पा “जीवनमा उनको तीव्रता र ल्याटिन अमेरिकी सार्वभौमिकताप्रति उनको प्रतिबद्धताले हाम्रो युगलाई चिह्नित ग¥यो।“ “मैदानमा, उनी ब्राजिलका टोलीले सामना गरेका सबैभन्दा ठूलो शत्रुहरू मध्ये एक हुन्थे । खेल प्रतिस्पर्धा बाहेक उनी ब्राजिलका एक महान मित्र थिए । ब्राजिलका जनताले म्याराडोना कहिल्यै बिर्सिने छैन “, उनले थपे ।

त्यस्तै ब्राजिलका पूर्व राष्ट्रपति दिलमा रुसेफले अर्जेन्टिनाका स्टारको मृत्युलाई “सबै फुटबल प्रेमीहरूको लागि ठूलो क्षति“ भएको भनेका छन् । यद्यपि उनले टिप्पणी गरिन् कि “ल्याटिन अमेरिका र क्यारिबियन जनताको सार्वभौमिकता, लोकतन्त्र र सामाजिक न्यायको हक रक्षा गर्नका लागि माराडोनाको भूमिका अतुलनीय रहेको छ । “

इटालीका प्रधानमन्त्री ज्युसेपे कोन्टेले माराडोनाको मृत्युमा सम्पूर्ण विश्व शोकमा डुबेको छ, जसले आफ्नो अनुपम प्रतिभाका साथ फुटबलको इतिहासमा अविस्मरणीय रहेको लेखेका छन् । यस्तै स्पेनका राष्ट्रपति पेद्रो सान्चेजले “फुटबलको संसारप्रति मेरो सबै प्रेम व्यक्त गरे जुन आज त्यसको एक पौराणिक कथा गुमायो । हामीलाई इतिहासका सर्वश्रेष्ठ खेलाडी मध्ये एक अर्जेन्टिनी डिएगो अरमान्डो माराडोनाले छाडेका छन् ।’’ “तिम्रो बायाँ खुट्टाको साथले आउने पुस्ताका लागि एउटा सपना कोर्न सफल भयौ । “ भनेका छन् । जर्मनीमा परराष्ट्र मन्त्री हेको मासले भनेका छन् “अर्जेन्टिना र सारा विश्वले फुटबल प्रतिभा गुमाएको छ । उनको निधनले आफू दुखी भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डिएगो माराडोना फुटबलको उस्ताद भएको र जसले विश्वव्यापी लोकप्रियता पाएको बताए । सामाजिक सञजाल टुइटरमा मोदीले म्याराडोनाको निधनमा दुख व्यक्त गर्दै भने—‘आफ्नो क्यारियर भर, उनले हामीलाई फुटबल मैदान मा केहि राम्रा खेल क्षणहरू दिए। उहाँको असामयिक निधनले हामी सबैलाई दुः खी तुल्यायो। उनको आत्मा शान्तिमा रहोस् ।’

बलिउड स्टार शाहरुख खान, अजय देवन र निर्देशक विक्रमादित्य मोटवणे र आसिफ कपाडिया लगायतका फिल्मका निर्माताका हस्तिहरुले  फुटबल खेलाडी डिएगो माराडोनाको निधनमा शोक व्यक्त गर्दै अर्जेन्टिनाका लागि फुटबल खेलाडी गुमाउँदा महंगो परेको बताएका छन् । 

खानले एक उत्साही खेल प्रशंसक, माराडोनाले विश्व कप उचालेको तस्वीर साझा र अनुभवी फुटबल “अझ सुन्दर“ बनाएको बताएका छन् । म्याराडोनालाई आफ्नो मूर्ति भनेर चिनाउने अर्जेन्टिनाका फुटबलर लियोनेल मेस्सीले यसलाई फुटबलका लागि अत्यन्त दुःखद दिनको रूपमा लिएका छन् ।

“सबै अर्जेन्टिनी र फुटबलको लागि दुखको दिन हो । उनले हामीलाई छोडे पनि हामी माझँ सधै रहरिहेनछन् । मैले उहाँसंग पाएको राम्रा क्षणहरू सम्झने छु र उनको परिवारलाई समवेदना प्रकट गर्दछु । उनले इन्स्टाग्राममा लेखेका छन् ।

फुटबलका अर्को महान हस्ति तथा पेलेले म्याराडोनाको निधनले आफु दुखित भएको बताएका छन् । उनी जस्ता साथी गुमाउनु दुखद् हो । भगवानले उनको परिवारलाई पर्याप्त शक्ति दिउन् । मलाई आशा छ, कुनै दिन हामी आकाशमा सँगै फुटबल खेल्नेछौं ’ पेलेल टुइटरमा लेखेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर