• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी

एजेन्सी । इथियोपियाका प्रधानमन्त्री अबी अहमदले इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी गर्नुभएको छ ।

इथियोपियाको मेकेलेमा प्रवेश गर्दै सेना टिग्रेसम्म प्रवेश गरी आफनो नियन्त्रणमा लिएको प्रधानमन्त्री अबीको भनाइ छ । विगत तीन सातादेपखको संघर्ष अन्त्य गर्न सरकारले विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको थियो ।

विद्रोही र सरकारी सेनाबीच जारी संघर्षका कारण सयौंको मृत्यु भइसकेको छ भने ४० हजारभन्दा बढी मानिस विस्थापित भइसकेका छन् । सरकार र विद्रोहीका सैन्य गतिविधिले अझै बढी नागरिक पलायन हुने भन्दै विभिन्न दातृ निकायहरुले वार्ताबाट समस्या समाधानको पहल गर्न आग्रहसमेत गरेका छन् ।

यता विद्रोही समूहले भने सरकारी चेतावनीको प्रतिकार गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर