एजेन्सी । हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध नै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
त्यस्तै प्रकारको मुद्दा फेरि अदालत ल्याउन नपाउने गरी ट्रम्प पक्षको मुद्दा खारेज गरिएको हो। यसलाई डोनाल्ड ट्रम्पको पछिल्लो कानुनी पराजयका रुपमा हेरिएको छ।
राज्यको सर्वोच्च अदालतका न्यायाधीशले एकमतका साथ शनिबार राति यस्तो फैसला गरेका हुन्। पेन्सिलभेनियामा हुलाकबाट पठाइएका मतपत्रहरु गणना नगर्न माग गर्दै ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो ।
पेन्सिलभेनियाका महान्यायाधिवक्ताले शनिबार राति ट्वीट गर्दै प्रजातन्त्रका लागि अर्को जीत भएको बताएका छन्। यसअगाडि शुक्रबारमात्र संघीय पुनरावेदन अदालतबाट पनि पेन्सिलभेनियाको प्रमाणीकरण उल्टाउनका लागि अनुरोध गर्दै ट्रम्प पक्षबाट दायर मुद्दा खारेज गरिएको थियो।
एजेन्सी । जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन् । राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन् । उनले
हरारे । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उनको निधन
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गर्नु भएको छ । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व
प्रतिकृया दिनुहोस