• बिहीबार १०-८-२०७७/Thursday 01-21-2021/ 01:27 am

नुवाकोटमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित १७ वर्षीय दुई र १५ वर्षीय एक किशोर रहेका छन् । 

उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्नेहरुको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जङ्गलबाट रङ्गेहात पक्राउ गर्न सफल भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मालपोत कार्यालय लगनखेलका नायब सुब्बा घुससहित पक्राउ

  • ७ माघ, २०७७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी

ओलीकाे सनकले तीन घरमा आगो लगाएः पहाडी 

  • ७ माघ, २०७७

सुर्खेत । मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले सकतमा भरमा घरमा आगो लगाएको टिप्पणी गरे । मानव अधिकार तथा शान्ति समाज सुर्खेत

महाप्रतिगमनकारी ओलीको अन्त्य निश्चित छः महतो

  • ७ माघ, २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा महाप्रतिगमनकारी भएको आरोप लगाएका छन् । उनले ओलीको यही