सिदार्थ राजमार्गको पाल्पा बुटवल खण्ड आजदेखि दैनिक ४ घण्टा बन्द

पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक मर्मतका लागि दैनिक ४ घण्टा बन्द गरिएको छ । सो राजमार्गको झुम्सादेखि दोभानसम्मको सडकमा कालोपत्रे गर्नका लागि आजदेखि दैनिक ४ घण्टा सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।

राजमार्गमा मर्मतका लागि बिहान साडे १० दजेदेखि साडे १२ बते तथा दिउँसो २ बजेदेखि ४ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख मुकुन्द राज अधिकारीले जानकारी दिए । 

राजमार्गमा कालोपत्रेको काम मंसिर १८ गते बिहीवारसम्म हुने हुँदा सो दिनसम्म दैनिक ४ घण्टा सवारी आवागमन बन्द सडक डिभिजन पाल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर