फिल्म ‘आशिकी’ को अभिनेता राहुललाई सुटिङको क्रममा ‘ब्रेन स्ट्रोक’, आईसीयूमा भर्ना

काठमाडौं । सन् १९९० मा रिलिभ भएको म्युजिक हिट फिल्म ‘आशिकी  को अभिनेता  राहुल राँय मुम्बईको नानावटी  अस्पतालमा भर्ना भएका छन् । 

५२ वर्षका राहुल ‘कारगिल’ मा  गलवान ब्याली बेस्ट फिल्म ‘एलएसी’ को सुटिङ गरिरहेका थिए । यही क्रममा उनलाई ब्रेन स्ट्रोक भयो । उनलाई तुरुन्त श्रीनगरको अस्पतालमा  भर्ना गरिएको थियो तर स्वास्थ्य अवस्था गम्भीर भएपछि मुम्बईको नानावटी अस्पताल भर्ना गरिएको हो । 

दुई दिन अगाडी बिग्रिएको थियो स्वास्थ्य 
राहुलको साथमा फिल्म एलएसीको सुटिङमा रहेका अभिनेता निशान्त सिंह मलकानीले बताए अनुसार दुई दिन अगाडी देखिनै राहुलको स्वास्थयमा समस्या देखिएको थियो । उनलाई फिल्म मेकर्सले बिदा बसेर उपचार गर्न आग्रह गरेका थिए  । तर उनी काममा नै लागि रहे । सोही क्रममा उनलाई ब्रेन स्ट्रोक आयो । 

–१७ डिग्रिमा काम गरिरहेका थिए 
निशान्तले बताए अनुसार फिल्म सुटिङको सेड्युल ५–६ दिनको थियो । तर कारगिलको मौसम निकै खराब भएको थियो । –१७ डिग्री मा काम गरिहेका थिए । जसको कारण राहुलको स्वास्थ्य झन बिग्रिएको थियो । 

तीन दशकदेखि फिल्ममा सक्रिया
तीन दशकदेखि फिल्ममा सक्रिय राहुलको सन् १९९० मा फिल्म ‘आशिकी’ बाट बलिउडमा डेब्यु गरेका हुन् । जसमा अनु अग्रवाल मूख्य भूमिकामा थिए । त्यसपछि ‘जुुनुन’ (सन् १९९२),‘फिर तेरी कहानी याद आई’(सन् १९९३), लगायतका रहेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर