उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका लागि मतदान हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि आज मतदान हुँदैछ । मध्यान्ह १२ः ३० बजेबाट मतदान सुरु हुन लागेको हो । 

यसअघि शेखर गोल्छाको नेतृत्वले कोषाध्यक्ष मनोनयन प्रस्ताव गरेको थियो भने नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका पक्षले भने कोषाध्यक्ष सहमतिबाट चयन गर्नुपर्ने माग राखेका थिए । अन्तत्ः  कोषाध्यक्ष पदका लागि निर्वाचन प्रक्रियामार्फत जाने सहमति भएको हो । महासंघको निमित्त कार्यकारी निर्देशक मीना श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर