• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 12:14 am

वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न तेइस अर्ब सहुलियत ऋण

काठमाडौं ।  विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । 

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकमऋण सहयोग गर्ने समझदारी भएको हो । अर्थमन्त्री युवराज खतिवडा तथा बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा अर्थमन्त्रालय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गर्नुभएको अर्थमन्त्रालयले जनाएको छ । 

उक्त अवसरमा अर्थमन्त्रीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्र र पर्यटन विकासमा गरेको सहयोगको सराहना गर्दै नेपाललाई थप स्रोतको आवश्यकता भएकाले आगामी दिनमा सहयोग अझ वृद्धि हुने विश्वास व्यक्त गरे ।

 उनले नेपालको थप राजश्व परिचालनका सम्भावना कम भएको अवस्थामा विकास सहायताको भूमिका अझ बढेको बताउँदै भूकम्पपछिको पुनःनिर्माण कार्य जारी रहेको र सोको लागि आवश्यक स्रोतको कमी भएको जानकारी दिए ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सेयर लगानीकर्ता सोमबारदेखि आमरण अनशन बस्ने

  • १ पौष, २०७५

काठमाडौं । सेयर लगानीकर्ता पुस २ गते देखि आमरण अनशन बस्ने भएका छन् । पूँजी बजारको विकास र विस्तारसहितका १४ बुँदे माग राख्नै गत आइतबारदेखि रिले अनशनमा

आरम्भ माइक्रोफाइनान्सले हकप्रद निष्काशन गर्ने

  • १ पौष, २०७५

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको

नेप्सेमा उच्च अंकको वृद्धि

  • १ पौष, २०७५

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से १८ दशमलव ८९ अंकले बढेर १ हजार १ सय ६७ दशमलव ६७ को बिन्दुमा पुगेको छ ।  गतसाताको अन्तिम दिन