• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ढोरपाटनका कुल बहादुर रानाले पाए भलिबल अन्तराष्ट्रिय रेफ्रीको मान्यता 

काठमाडौं । अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)ले कुल बहादुर रानालाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिएको छ । भलिबलको राष्ट्रिय रुपमा ख्याती कमाएका रानालाई 
एफआईभीबीले नेपाल भलिबल संघलाई एक पत्र पठाउँदै रानालाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता प्रदान गरिएको जनाएको छ ।

नोभेम्बरमा बसेको बोर्ड बैठकले राना अन्तराष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको एफआईभीबीले जनाएको छ । रानाले सन् २०१४ मा जापानमा भएको एफआईभीबी अन्तराष्ट्रिय रेफ्री क्यान्डीडेट कोर्ष गरेका थिए । बागलुङ ढोरपाटन– ४ का राना त्रिभुवन विश्वविद्यालय अंग्रेजी विषयका उप प्रध्यापकसमेत हुन । 

‘यो खबरले मलाई थप हौसला बढाएको छ । भलिबल संघ लगायत मलाई सहयोग गर्ने सबै संघ÷संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछु’, रानाले समाचार दैनिकसँग भने । अघिल्लो महिनादेखि अस्वस्थ्य राना हाल उपचाररत छन् । ‘म स्वास्थ्य उपचारमै छु । एकदम सुधार भएको छ । यो खुशीले मलाई झन् हौसला बढाएको छ’, उनले भने ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर