कोरोना कमान्डर डा. पूजा सम्मानित

सुर्खेत । कोरोना कमान्डर डा. पूजा बि.सी. कर्णाली स्वास्थ्य निर्देशनालयबाट सम्मानित भएकी छन् ।  कोरोना महामारीको समयमा पनि अहोरात्र खटेर स्वास्थ्य सेवामा उल्लेख्य योगदान गरेको भन्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले उनलाइ  सम्मान गरेको हो ।

कर्णाली प्रदेशका नागरिकहरुको स्वास्थ्य अवस्थामा सुधार गर्न डा. पूजाले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानित गरिएको र स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए  ।

यो सम्मानले आफूलाई अझ पेशाप्रति कटिवद्ध भएर लाग्न हौसला प्रदान गरेको र आफ्नो क्षेत्रमा थप जिम्मेवारीको महसुस भएको डा. पूजाले समाचार दैनिकसँग बताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर