आदित्य र श्वेताको रिसेप्सन पार्टी ५ स्टार होटलमा, अमिताभ र प्रधानमन्त्री मोदीलाई निम्तो

मुम्बई । चर्चित गायक उदित नारायण झाको छोरा आदित्य नारायणको बिवाह डिसेम्बर १ मा हुँदैछ । उनी आफ्नो प्रेमीका श्वेता अग्रवालसँग बिवाह गर्दैछन् । दुबै जनाको पहिलो भेट फिल्म ‘शापित’ को सेटमा भएको थियो । उनीहरु करिब ११ वर्षदेखि प्रेममा छन् । आदित्यको बिवाहको तयारी धुमधामको साथमा सुरु भएको छ । बिवाहको एक सामान्य रितिरिवाजपछि रिसेप्सन पार्टी राखिएको भारतीय मिडियाले जनाएको छ । जसमा अमिताभ बच्चनदेखि प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विशिष्ट व्यक्तिहरु सहभागी हुने भएका छन् । 

उदितले एक अन्तर्वातामा बताए अनुसार छोरा आदित्यको बिवाह निकै धुमधामले गर्न चाहन्छन् । तर कोरोना भाइरस महामारीको कारण सोचे जस्तो सम्भावना भएन । बिवाहको तयारी एक हप्तादेखि चलिरहेको छ ।  बिवाह मन्दिरमा हुने छ । जसको २ दिनपछि रिसेप्सन पार्टी मुम्बईको एक ५ स्टार होटलमा हुनेछ । तर अहिले नै कुनै भेन्यु तयार भइसकेको छैन । 

हामीले आफ्नो तर्फबाट केही कमी गरेका छैनौँ–उदित
‘म लामो समयदेखि यही उद्योगमा जोडिएको छु । हुन सक्छ कसैले मलाई यस्तो प्रकारको समारोहमा बोलाउन छुटाएका छन् । तर मैले कोरोना महामारीलाई ध्यानमा राख्दै आफ्नो तर्फबाट सबैलाई निम्तो गरेको छु । हामीले प्रभानमन्त्री नरेन्द्र मोदी  लगायत अमिताभ बच्चनलाई पनि निम्ता दिएका छौँ ।’

बिवाहमा ५० जना मात्र सहभागी
आदित्यले एक अन्तर्वातामा बताए अनुसार बिवाहमा ५० जना मात्र सहभागी हुनेछन् । कोरोना महामारीको कारण ५० जना भन्दा बढीलाई बिवाहमा सहभागी हुने अनुमति नभएको उनले बताएका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर