प्रधानमन्त्री ओली टिकटकमा , पहिलो भिडियो नै भाइरल

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको अभिनय एप टिकटकमा सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सक्रिय भएका छन् । उनले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोलेका छन् । उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ ।

प्रधानमन्त्री ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ । यो समाचार तयार पारिसक्दासम्म उक्त भिडियोको भ्युज २ लाख १८ हजार ४  बढी पुगिसकेको छ । ४  सय ३ कमेन्ट, र १५ हजार बढी लाइक पुगिसकेको छ ।

‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ।

टिकटक एक चाइनिज एप हो । भारत, पाकिस्तान लगायतका देशहरुमा टिकटक प्रयोगको लागि प्रतिबन्ध नै लगाएको समयमा प्रधानमन्त्री ओलीले भने टिकटक प्रयोग गर्न थालेका छन् । 

प्रधानमन्त्री केपी अाेलीकाे भाइरल भिडियाे 

 original sound - We support Nepal - KP Sharma Oli
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर