काठमाडौं । नेपाली सेयर बजारले सोमबार अहिलेसम्मकै अर्को उच्च विन्दु टेस्ट गरेको छ । उसोतः पछिल्लो केही दिनयता हरेक दिन आफैले बनाएको रेकर्ड ब्रेक गर्दै नयाँ बिन्दु कायम राख्न सफल नेप्सेले सोमबार पनि नयाँ बिन्दु राख्न सफल भएको हो ।
नेप्सेले बजार खुलेर कारोबार सुरु गरेको केही मिनेटमा नै २०२८.४५ अंकलाई छोएर बन्द हुँदासम्ममा १९९७.०६ अंकमा अडिएको छ । अल्पकालीन लगानीकर्ता हावी हुँदा बिक्री चाप पनि बढेको हो । तर यही बेला नयाँ लगानीकर्ता पनि उत्तिकै थपिएका छन् ।
नेप्से सूचक २८.७९ अंकले बढेर १९९७.०५ विन्दुमा आइपुगेको छ । साेमबार १९८ कम्पनीको ८ अर्ब ८६ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
२ करोड ५१ लाख ९१ हजारभन्दा बढी कित्ता कारोबार भएको छ । कूल १२ समूहको सेयर कारोबार भएकामा ४ वटा समूह तल झरेका छन् भने बाँकी समूहका सूचक माथि लागेका छन् । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ८२३.३५ अंकले बढेको छ ।
साेमबार उदाएकाे नेप्से
काठमाडौं । एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । क्यापिटलले डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने
काठमाडौं। चन्द्रागिरि हिल्सको साधारण सेयर आइपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले सेयर बाँडफाँड
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छपावाल सुन
प्रतिकृया दिनुहोस