अनेरास्ववियू झापाको एकता : घोषणासँगै विवाद शुरु

झापा । अनेरास्ववियू झापाको एकता घोषणासँगै विवाद शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियू झापामा एकता पछिको नयाँ कमिटी घोषणासँगै व्यापक असन्तुष्टि रहेको छताछुल्ल भएको छ ।

नेकपाको केन्द्रमा देखिएको विवादले झापाको विद्यार्थी राजनीतिमा समेत प्रभाव पारेको छ । प्रचण्ड –नेपाल समूहले एकलौटी कमिटी घोषणा गरेकोमा जिल्लाभरका विद्यार्थीहरुले असहमति जनाएका छन् । प्रचण्ड समूहका केहि विद्यार्थी नेताले समेत कमिटी घोषणामा आपत्ति जनाउन थालेका छन् ।

विद्यार्थी नेता सन्दीप प्रसाईले चिया पसलमा बसेर गरेको निर्णय मान्य नहुने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले चिया पसलमा गरेको निर्णय मान्य नहुने बताउँदै आफ्नो अनुकुलतामा कमिटी घोषणा गरेको आरोप लगाएका छन् ।

यस्तै, विधार्थी पुजा खुशीले जिल्लाको कमिटी घोषणामा असन्तुष्टी व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमै लेखेकी छन्, – झापा जिल्लाको सबैभन्दा अन्यायपूर्ण निर्णय ।

मेची क्याम्पसका विधार्थी नेता अशोक खतिवडाले चरम गुटबन्दीबाट ग्रस्त समूहले आफु खुशी घोषणा गरेको नयाँ कमिटी अस्वीकार गर्ने बताएका छन् । 

सर्कुलरमा संगठनका केन्द्रीय सदस्य, साविक पार्टीका दुई प्रतिनिधि र संयोजक , सहसंयोजकको छलफलले सहमतिमा कमिटी टुङ्गो लगाउने व्यवस्था गरेको थियो । सोहि अनुसार पार्टीका प्रतिनिधि शिव ढुङ्गेल, युवराज दाहालसहित विद्यार्थीका प्रतिनिधि बिच एक चरण छलफल भएको थियो । पहिलो छलफलमै पुनः बैठक बसेर मात्रै कमिटी टुङ्गो लगाउने सहमति भए पनि अर्को बैठक नै नबसी कमिटी घोषणा गरिएको छ ।
अनेरास्ववियू झापाका पूर्व अध्यक्ष एवम् केन्द्रीय मनोज ताम्ली लिम्बुले नेतृत्व गरेका विद्यार्थीहरुलाई नयाँ कमिटीमा ‘बाइपास’ गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर