झापामा ४५ जना सहित प्रदेश १ मा २२६ संक्रमित थपिए, १०२ डिस्चार्ज

झापा  ।  प्रदेश १ मा आज २२६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, तेर्हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

झापाको भद्रपुरमा १०, विर्तामोडमा ९, कनकाईमा ७, शिवसताक्षीमा ४, दमक र बुद्धशान्तिमा ३–३,  मेचीनगर, अर्जुनधारा, गौरादह र झापा गाउँपालिकामा २–२, र स्थानीय तह नखुलेका १ जना, मोरंगको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३–३, सुन्दरहरैचा र कानेपोखरीमा २–२, रंगेली, ग्रामथान र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४–४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  

उता ताप्लेजुङको फुङलिङमा १३, पाथीभरा याङवरकमा ८, उदयपुरको चौदण्डीगढीमा ५, त्रियुगामा २, कटारी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, देउमाई र मांसेबुङमा १–१, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २–२, शहिदभूमीमा १, संखुवासभामा १, तेर्हथुमको म्याङलुङमा १, भोजपुरमा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार २६२ पुगेको छ ।

प्रदेश १ मा आज १०२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय र न्युरो अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार २८५ पुगेको छ ।प्रदेश १ मा आज १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९० महिला र १३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९१ ह्जार ४२६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर