विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ ।
बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो । बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताउनु भएको छ । तर उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा केभिनले बताए ।
बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन् । उनी अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्नु हुनेछ ।
बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँड्नु भएको देखिएको थियो तर वैशाखी वा अन्य कुनै सहायता लिएका थिएनन । राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा २ वटा कुकुर छन् र उनीहरुले दुबैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताइसकेका छन् ।
एजेन्सी । बगदाद–इराकमा ३२ जनाको ज्यान जाने गरी बिहिवार भएका दुई आत्मघाती आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ। आक्रमण शिया मुस्लिम समुदायलाई
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी गरेका छन् । बाइडेनले बुधबार
काठमाडौं । विश्वमा एकैदिन १६ हजार १ सय ७१ जना कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको
प्रतिकृया दिनुहोस