पाल्पामा ३ स्थानीय तहमा १५/१५ शैयाको अस्पतालको शिलान्यास

पाल्पा ।  सरकारले सबै नागरिकको पहुचमा सहज रुपमा स्वास्थ्य सेवाको विस्तार गर्नका लागि आज एकैदिन देशका ३ सय ९६ स्थानीय तहमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ । १० स्थानीय तह रहेको पाल्पामा पनि आज तीन वटा स्थानीय तहमा अस्पताललको सिलान्यास भएको छ ।

 जिल्लाको माथागढी गाउँपालिकाको झडेवा स्वास्थ्य चौकी, पूर्वखोला गाउँपालिकाको वीरकोट स्वास्थ्य चौकी र निस्दी गाउँपालिकाको मित्याल स्वास्थ्य चौकीमा १५। १५ शैयाको अस्पतालको शिलान्यास गरिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । 

माथागढी र पूर्वखोलामा बन्न लागेका अस्पताल भवनको लुम्बिनी प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले शिलान्यास गरेका छन् । यस्तै निस्दीमा बन्न लागेको अस्पताल भवनको लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले शिलान्यास गर्नुभएको छ । जिल्लाका तीन स्थानीय तहमाबाट थप सेवा सुविधासहितका अस्पताल संचालन हुने भएसंगै घण्टौ हिडेर जिल्ला सदरमुकामका अस्पतालमा सेवा लिन जानुपर्ने बाध्यताको अन्त्य हुनेमा स्थानीयमा खुसीयाली छाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर