• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आफैँ बिरामी छन् सरकारी अस्पताल

काठमाडौं । सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने महत्वाकांक्षी योजना सुरु गरेको छ।

तर, जिल्लादेखि केन्द्रसम्म भएका अस्पतालमा जनशक्ति पु¥याउने तथा भौतिक संरचना बनाउनेतर्फ भने ध्यान दिएको छैन । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

भैरहवास्थित भीम अस्पताल र जाजरकोट अस्पतालमा सरकारी दरबन्दीका एकजना डाक्टर पनि छैनन् । जब कि भीममा ११ जना र जाजरकोटमा ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । त्यस्तै, आठ डाक्टरको दरबन्दी भएको जुम्ला अस्पताल एकजना करारका डाक्टर र प्रशिक्षार्थीका भरमा चलिरहेको छ । प्रदेशस्तरका अस्पतालमा ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि एउटा पनि पदपूर्ति छैन।

जाजरकोट अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरसहित ६३ स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, एकजना डाक्टरको पनि पदपूर्ति गरिएको छैन । अस्पतालले एकजना एमडी डाक्टर नियुक्त गरेको छ । छात्रवृत्ति कोटामा पढेका तीन मेडिकल अधिकृत पनि कार्यरत छन् ।

सरकारी दरबन्दीमा १७ स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । ५० शय्याको अस्पतालको भवन बनिरहेको छ । जनशक्तिको अभावमा एम्बुलेन्स सेवा, एक्स–रे सेवा बन्द छ।

प्रमुख नहुँदा जिल्ला अस्पताल दोलखा सात वर्षदेखि निमित्तकै भरमा सञ्चालन भइरहेको छ । दशौँ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल जिरी नेतृत्वविहीन छ।
तनहुँ जिल्लाकै ठूलो दमौली अस्पतालमा जीवनजलको समेत अभाव छ। हुम्ला जिल्ला अस्पताल करार चिकित्सककै भरमा सञ्चालनमा छ । आठजना दरबन्दी रहेकोमा जिल्ला अस्पतालमा एकजना करार चिकित्सक र पाँचजना छात्रवृत्तिका चिकित्सक छन्।

प्रादेशिक अस्पताल जनकपुरमा पनि दरबन्दीअनुसार कर्मचारी र उपकरणको अभाव छ । ११औँ तहका १० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा अहिले एकजना पनि छैनन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर