अध्यक्षको राजिनामा माग्नु अनुचित: पोखरेल 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीमा उत्पन्न विवादका कारण एक अध्यक्षलाई मात्रै जिम्मेवार देखाएर उनको राजिनामा माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता भएको बताएका छन् । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली निकट पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फ सो आक्रोस पोखेका हुन् । 

उनले फेसबुकमा पोस्ट्याएका छन्, ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको मागगर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो ।’

पार्टीमा हाल व्याप्त विवादको कारण प्रधामन्त्री ओलीलाई मान्नु हुन्न र उनको राजिनामा माग त झन् गर्नुनै हुँदैन भन्ने उनको मनसाय बुझिन्छ । नेकपा विवादमा ओली समूह सहमतिबाटै अगाडि बढ्ने र प्रचण्ड समूह बहुमतका आधारमा अगाडि बढ्ने अडानमा छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर