• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

बलात्कारीकाे मनोबिज्ञान कसरी थाहा पाउने ?

पछिल्लो समय हत्या,  हिंसा,  बलात्कार जस्ता अघन्य अपराधका घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन् । कोरोनाको कहर र लकडाउनको बीचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ।

बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलत्कार पछि हत्या भयो । 

बलात्कार सामाजिक समस्या हो । एउटा गम्भीर तथा जघन्य अपराध हो । राजनीतिक मुद्दाको बिषय होइन ।  अपराधीलाई सजायको ब्यबस्था कानुनले स्पष्टसँग गरेको छ ।  

मुत्यु दण्ड वा कडा कानुनले मात्र यस्तो अपराध कम हुन्छ भन्न सकिदैैंन नेपालको संविधान र नेपालले अन्तर्राष्ट्रिय जगतमा नेपालले गरेका सन्धी सम्झौताका आधारमा पनि मुत्यु दण्डको कानुन बनाउन सकिदैंन । यसका लागि शिक्षा, चेतनाको बिकास नै उत्तम उपाय हो ।

बलात्कारीको यौन अंग छेदन गर्नु पर्ने, मुत्यु दण्ड  दिनु पर्ने भन्ने जस्ता आवाजहरु जनस्तर तथा सांसदहरुबाट समेत आउन थालेका छन् । तर बलात्कारका घटनामा यस्ता केहि मनोबैज्ञानिक कारणहरुले प्रभाव पारिरहेको हुन्छ । जसको निराकरण बिना यस्ता घटनामा  कमी आउँदैनन।

बलात्कारका  घटनाहरु किन हुन्छन ? 
यसका पछाडिको मनोबैज्ञानिक कारणहरु के-के हुन सक्छन हेर्नुहोस् यस्ता छन कारण । 

असामाजिक व्यक्तित्व जसलाई साईकोपाथ भनेर पनि भनिन्छ ।  व्यक्तित्वसगँ सम्बन्धित यस्तो  मानसिक समस्या भएका व्यक्तिले आफ्नो घरपरिवार समाजमा जो कसैलाई पनि दु:ख दिने , सानाा-सानाा कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या, बलात्कार गर्न समेत पछि नपर्ने  जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न सक्छन ।

लेखक

यौनको लत लागेका व्यक्तिहरु यौनप्रति अति नै आशक्त हुन्छन । उनीहरुमा कहिल्यै  यौनको प्यास मेटिदैंंन । यस्तो  खालको यौन समस्या भएका व्यक्तिहरुले यौनको तिर्खा मेटन आफन्त, बालबालिका केही पनि नभन्न सक्छन । बलात्कार गर्न समेत पछि पर्दैनन् ।

अप्राकृतिक यौन व्यवहार जो व्यक्तिले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउँछ , उनीहरुले अरुको भावना बुझ्न सक्दैनन् र स्वभाविक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता ब्यक्तिले बलत्कार गर्न सक्ने सम्भावना हुन्छ ।

नैतिक पतन । सनैतिक रुपमा पतन भएका ब्यक्तिले पशु भन्दा तल्लो स्तरको व्यबहार गर्न सक्छन् । यस्ता नैतिक रुपमा पतन भएका व्यक्तिहरुबाट आफन्त पनि बलात्कारको सिकार हुन सक्छन ।

यौन कुण्ठा । अबिबाहित, श्रीमतीबाट यौन सन्तुष्टि प्राप्त गर्न नसकेको,  यौन कुण्ठाले भरिएको व्यक्तिले पनि बलात्कार गर्न सक्छ ।

लागू प्रदार्थको सेवन । हाम्रो समाजमा धेरै जसो बलात्कारका घटनाहरु लागू प्रदार्थको सेवनका कारणले हुने गरेको देखिन्छ । जाँड, रक्सी तथा लागू प्रदार्थ  से गरेका बेला  ब्यक्तिले बिबेक र चेतना गुमाउन सक्छ र बलात्कारका घटना घटन सक्छन् ।

प्राेनोग्राफी र साईबर सेक्सको लत । प्राेनो ग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क दाजुले बहिनीसँग शारिरिक सम्बन्ध, भन्नेजस्ता टाईटलमा  अस्लित भिडियो धेरै भेटिन्छन।  यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको व्यक्ति नैतिक रुपमा पतन हुने सम्भावना हुन्छ । यस्ता कुराहरुबाट यौन शिक्षा बटुलेका किशोर किशोरीमा यौन बिचलन समेत आउन सक्छ । 

मानसिक रोग । मेनिया वा उन्माद नामक कडा मानसिक रोग लागेको व्यक्ति सधैंं उत्तेजित हुन्छ । उसको व्यवहार र बिचार  अव्यबहारिक र अनौंठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो देखिदैंन । उसमा आत्मबल, जोस शारीरिक शक्ति बढेर आउँछ । यौनको आबेग पनि तिब्र हुन्छ।  जुनसुकै बेला र जो सुकैसँग पनि शारीरिक सम्बन्ध राख्न तयार हुन्छ । यौनको आवेगलाई नियन्त्रण गर्न सक्दैन । यस्ता व्यक्तिबाट बलात्कारका घटना समेत  हुन सक्छ ।

शरिरिक कारण । शरिरमा सेक्स हर्मन बढ्दा यौन चाहना बढ्छ ।  यस्तो अबस्थामा आफूलाुई यौन अनुशासनमा राख्न नसक्दा बलात्कारका घटना हुन पुग्छन ।

अति बिश्ववास गर्नु । घर परिवरका सदस्य तथा आफन्तहरुबीच चाहिने भन्दा बढि घनिष्टता हुनु , अरुलाई अति नै  बिश्ववास गर्नु तथा  नाता ( सम्बन्ध अनुसारको व्यवहार गर्न नजान्नु  र यौनको मामिलामा अनुशासन र दायराभित्र बस्न नजान्दा पनि हाडनाता करणीका घटना हुन पुग्छन। 

मनोबैज्ञानिक असर ।  सानोमा यौन दुर्ब्यबहार र यौन शोषणमा  परेका ब्यक्तिहरु पछि गएर आफू पनि यौन अपराधी हुन सक्छन ।

यौन अनुशासन नहुनु । यौन अनुशासन नभएको, पतित, बिखण्डित तथा  चरित्रहिन घर परिवार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा बिचलित हुन सक्छ ।
यी र यस्ता अन्य यौन समस्या (बिचलन), मानसिक एवं मनोबैज्ञानिक समस्याका कारण यौन अपराध , जबर्जस्ती करणीका घटनाहरु हुन  सक्छन  ।  

बलात्कारको घटनामा संलग्न  ब्यक्तिलाई मानसिक रुपमा स्बस्थ ब्यक्ति भन्न सकिँदैन । किन कि मानसिक रुपमा स्बस्थ  व्यक्तिले समाजले स्वीकारेको मात्र व्यबहार गर्छ । कुनै कार्य  गर्नु अगाडि परिणमको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो आबेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । यि र यस्ता गुण नभएको ब्यक्तिलामा नसिक स्ववास्थ्यका हिसाबले रोगी भनिन्छ ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन्)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर