एटेन्डको प्रवेश, एपबाटै ट्राभल र हेलिकोप्टरसम्म बुक गर्न सकिने 

काठमाडौं । राइड सेयर बजारमा नयाँ कम्पनी ‘एटेन्ड’को प्रवेश भएको छ । मंगलबार कम्पनीको तर्फबाट एप समेत लञ्च गरेको यस कम्पनीमार्फत व्यक्ति वा समूह जो कोही ट्राभल प्याकेज लिएर घुम्न जान सक्नेछन् । एउटै एपमार्फत बाइक र ट्याक्सीसँगै कार, जीप, ट्रक, एम्बुलेन्स, शववाहन र हेलिकोप्टरसम्मको बुक गरी त्यसबाट सुविधा लिन सकिने कम्पनीका निर्देशक भिमकान्त भण्डारीले जानकारी दिए । ग्राहकले ट्राभल प्याकेज खरिद गरी सेवा उपभोग गर्न सकिने बताए । 

ट्राभल प्याकेजमा अन्य कम्पनीहरुले उपलब्ध गराइरहेको रेटभन्दा १० प्रतिशतसम्म सस्तो हुने हुने उनले बताए । उनले यो सेवा नेपाल अधिराज्यभर विस्तार गरिने बताए । 

ग्राहकका लागि ‘एटेन्ड एप’ र ड्राइभरका लागि ‘एटेन्ड ड्राइभर’ एप गरी एप एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध गराइएको छ ।

हालसम्म ५ सयभन्दा बढी सवारी साधन कम्पनीसँग जोडिएका र करिव ७० जना कर्मचारी आवद्ध भएका निर्देृशक भण्डारीले जानकारी दिए । 
यस कम्पनीका फाइदाहरुलाई निम्न बुदामा राखिएको छ 
एड्भान्स बुकिङ ः कम्पनीले ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै रियल टाइम बुकिङसँगै एड्भान्स बुकिङ समेत गर्न सक्छन् ।

सेयर राइड बाहेकको सुविधा ः सेयर राइडबाहेक अन्य सेवा सुविधा पनि उपभोग गर्न सकिन्छ । जस्तै घरसम्म औषधि पुर्याइदिने, कोभिड परीक्षण घरमै पुगेर गरिदिने, आवश्यकता अनुसार डाक्टर र नर्सलाई घरसम्म उपलब्ध गराउने । 

सस्तो सेवा शुल्क ः प्रतिष्पर्धाको बजारमा यस कम्पनीले ग्राहकलाई सस्तोमा सेवा प्रदान गर्नेछ । अन्यमा १० प्रतिशत कमिशन लिनेछ भने शववाहन र एम्बुलेसन्स सेवा उपलब्ध गराएवापत कम्पनीले शूल्क निलेछैन । 
बीमा ः सम्भावित दुर्घटनाको क्षतिलाई कम गर्न कम्पनीले राइड लिने र दिने दुबैको तेस्रो पक्षको बीमा समेत गरिएको जानकारी दिएको छ । 

इमर्जेन्सी बटन ः कम्पनीले ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै एपमा इमर्जेन्सी बटन राखिदिएको हुन्छ । जसलाई ग्राहकहरुले आपत्कालीन अवस्थामा एपमा रहेको इमर्जेन्सी बटनमा क्लिक गर्दा प्रहरी र आफन्तकहाँ म्यासेज तुरुन्तै पुग्छ ।

सजिलो भुक्तानीः कम्पनीले भुक्तानी प्रणालीलाई डिजिटलाइज बनाएको छ । ग्राहकहरुले आफूले तिर्नुपर्ने रकम कुनै पनि बैंकको एटीएम कार्ड प्रयोग गरेर भुक्तानी गर्न सक्छन् । हाल कम्पनीले ६१ वटा बैंकका एटीएमबाट भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर