कराते स्वर्ण पदक विजेता अनुपमा मगर बिवाह गर्दै

काठमाडौं । करातेकी स्वर्ण पदक विजेता अनुपमा मगर वैवाहिक बन्धनमा बाधिन लागेकी छिन् । अनुपमा उनकै कराते प्रशिक्षक ध्रुबविक्रम मल्लसँग बुधवार (भोलि) वैवाहिक बन्धनमा बाधिन लागेकी हुन् ।

उनीहरु लामो समय अघिदेखीको चिनजान पछि प्रेममा परेका थिए ।   उनले  मेहन्दीका तस्बिरसमेत आफ्नो फेसबुक वालमा सार्वजनिक गरेकी छिन् ।

अनुपमाले गत वर्ष नेपालमा भएको १३औं सागमा ६८ केजीमुनि इन्डोनेसियामा २०१८ मा भएको एसियाली खेलकुदकी कास्य पदक विजेता पाकिस्तानकी नर्गिसलाई ६– ३ ले हराउँदै स्वर्णपदक जितेकी थिइन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर