• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

च्याम्पियन्स लिग : बार्सिलोनाले बुधबार मेस्सी, मार्क–एन्द्रे स्टेजेन र फिलिप काउटिन्होलाई नखेलाउने

बार्सिलोना । स्पेनी महारथी फुटबल क्लब बार्सिलोनाले बुधबार हुने च्याम्पियन्स लिग अन्तर्गतको खेलमा आफ्ना तीन स्टार खेलाडीलाई आराम दिएको छ । फेरेनभारोसमा हुने खेलमा क्लबले लियोनेल मेस्सी, मार्क–एन्द्रे स्टेजेन र फिलिप काउटिन्होलाई नखेलाउने भएको छ । 

यी खेलाडीलाई प्रमुख प्रशिक्षक रोनाल्ड कोमानले नखेलाउने निर्णय गरेका हुन् । समूह छ मा रहेको बार्सिलोनाले चार वटा खेल जित्दै च्याम्पियन्स लिगको अन्तिम १६ का लागि यसअघि छनौट भइसकेको छ । 

अघिल्लो चरणको डाइनामो किभ विरुद्धको खेलमा पनि मेस्सीलाई खेलाइएको थिएन । किभमा भएको खेलमा मिडफिल्डर फ्रेन्की डी जोङलाई पनि आराम दिइएको थियो । 

समूहमा बार्सिलोनाले युभेन्टसभन्दा तीन अंकले अग्रता बनाएको छ । बार्सिलोना र युभेन्टसबीच क्याम्प नाउमा समूह चरणको अन्तिम खेल हुँदैछ । 

बुधबारको खेलमा चोटका कारण अरु पनि खेलाडी अनुपस्थित हुनेछन् । क्लबका अनुसार जेरार्ड पिके, आन्सु फाती, सेर्गी रोबर्टो र सामुएल अम्टिटी चोटग्रस्त छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर