• बिहीबार १०-८-२०७७/Thursday 01-21-2021/ 02:04 am

आयोगको छवि कायम राख्दै काम गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

वाग्मती ।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश लोकसेवा आयोगले सङ्घीय लोकसेवा आयोगको छविलाई कायम राख्दै काम गर्नुपर्ने बताएका छन्  । प्रदेश लोकसेवा आयोगको कार्यालय निरीक्षण तथा अवलोकनका लागि आयोगको कार्यालय हेटौँडा पुगेका मुख्यमन्त्री पौडेलले कसैले पनि आफूले प्राप्त गरेको अख्तियारको दुरुपयोग गर्नु नहुने धारणा राखे। पौडेलले प्रदेशमा भनसुन र पहुँचका आधारमा जागिर पाउने सम्भावना नरहने बताए  । उनले आयोगले आफ्नो काममा कसैले पनि औँला ठड्याउन नसक्ने गरी काम गर्नुपर्ने धारणा राखे । 

सो अवसरमा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगले आयोगका सबै पदाधिकारी तथा कर्मचारीले चाहेमा समेत निश्चित उम्मेदवारलाई उत्तीर्ण वा अनुत्तीर्ण गराउन नसकिने गरी प्रणाली व्यवस्थित गरिएको बताए । आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले आयोगले सीमित स्रोत र साधनका बाबजुत पनि प्रशस्त काम गर्न सकेको बताए ।

अर्का सदस्य शर्मिला नेउपाने(न्यौपाने) ले आफूहरुले उपयोगी तथा प्राविधिकलगायत सबै हिसाबले वैज्ञानिक पाठ्यक्रम तयार पारेको बताए । आयोगका निमित्त सचिव भोला दाहालले आयोगमा कर्मचारीको अभाव रहेको भए पनि आफूहरु परिणाम दिने गरी काममा लागेको बताए । उनले आयोगले जारी गरेको विज्ञापनअनुसार हालसम्म पाँच हजार ६२१ वटा आवेदन प्राप्त भएको र जसबाट रु ४१ लाख ६९ हजार राजश्व सङ्कलन भएको जानकारी दिए । 

प्रदेशमा प्रदेश र स्थानीय तहमा प्रदेश लोकसेवा आयोगमार्फत कर्मचारी पदपूर्ति गर्ने प्रक्रिया शुरु गरिएको छ । आयोगले स्थापनाको झण्डै एक वर्षपछि पहिलोपटक रिक्त दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । प्रदेश सरकार र स्थानीय तहको माग फारामका आधारमा चौथो तहमा रिक्त दरबन्दीमा कर्मचारी भर्नाका लागि आयोगले विज्ञापन प्रकाशित गरेको थियो । 

यसबाहेक आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा ३६ जना र आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाबाट ३६ जना गरी प्रशासनिक तथा प्राविधिकतर्फ चौथो तहमा ८१ जना पदपूर्ति गर्ने विज्ञापनमा उल्लेख छ । त्यस्तै खुलातर्फ ३८८ जनासहित महिला, आदिवासी जनजाति, मधेशी, दलित तथा अपाङ्गता भएकासमेत रहनेगरी चौथो तहको रिक्त पदमा पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जनाएको छ । 

हाललाई प्रदेशका दुईवटा मन्त्रालयका लागि २२ जना र ४४ वटा स्थानीय तहका लागि अन्य कर्मचारी माग गरिएको हो । आयोगले लिने परीक्षा उत्तीर्ण परीक्षार्थीलाई स्थायी नियुक्ति भने सम्बन्धित मन्त्रालय वा स्थानीय तहलेनै गर्ने विज्ञापनमा उल्लेख छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दुग्ध उत्पादक किसानले प्राप्त गरे झण्डै ४६ लाख अनुदान

  • ७ माघ, २०७७

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध

पाल्पामा भरूवा बन्दुक पड्केर एक जनाको मृत्यु 

  • ७ माघ, २०७७

पाल्पा ।  पाल्पामा भरूवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारू रहेका

नेकपा संसदीय दलको नेताको वैधानिकता माथि प्रश्न 

  • ७ माघ, २०७७

विराटनगर । नेकपा संसदीय दलको नेता को हो भन्ने वैधानिकता नटुंगिएपछि बुधबारको प्रदेशसभा बैठकमा दलका नेताहरु सबोधन गर्नबाट बञ्चित भएका छन्  । सोही