• आइतबार १०-४-२०७७/Sunday 01-17-2021/ 08:49 pm

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन ।  जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत दर्ता गरेको छ । 

यदि युनियनले स्वीकृत गरेमा युरोपेली मुलुकमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

दुबै कम्पनीका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा सोमबार युरोपेली मेडिसिन एजेन्सी (इएमए) मा औपचारिक निवेदन दिइएको उल्लेख छ । 

गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए । कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्नेगरी अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष निवेदन दिइरहेको छ । 

युरोपेली नियामक निकायले फाइजरले पेश गरेको विवरणको मूल्याँकन गरी खोप लगाउन उपयुक्त रहे नरहेको विश्लेषण गरी स्वीकृति दिइने जनाएको छ ।

फाइजर र बायोएनटेकले अस्ट्रेलिया, क्यानाडा र जापान समेतका मुलुकहरुका नियामक निकायमा पनि आवेदन दिइने जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

इन्डोनेसियामा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट

  • ४ माघ, २०७७

एजेन्सी । इन्डोनेसियामा ६.२ रेक्टरस्केलको भूकम्प गएको एक दिनपछि ज्वालामुखी विस्फोट भएको छ ।  माउन्ट सेमरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको

अमेरिका : जो बाइडेनको शपथ ग्रहणको दिन नजिकिँदै जाँदा सुरक्षा व्यवस्था कडा पारियो 

  • ४ माघ, २०७७

एजेन्सी । आगामी बुधबार डेमोक्र्याटिक पार्टीका नेता जो बाइडनले अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् । यस समारोहलाई मध्यनजर गर्दै

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

  • ४ माघ, २०७७

जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले