• बिहीबार १०-८-२०७७/Thursday 01-21-2021/ 12:33 am

ओलीले भने–म बैठकमा आउँदिन, दुर्लभ मोडमा पुग्यो सत्तारुढ नेकपा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन खारेज गर्न र पार्टी कमिटीमा छलफलसमेत नगर्न ओलीले मौखिक र लिखित रूपमा राखेको प्रस्ताव सचिवालयले अस्वीकार गरेपछि ओली नैतिक संकटमा परेका छन्।

त्यस्तै, लिखित रूपमा ओलीद्वारा प्रस्तुत प्रस्ताव पनि बहुमतबाट अस्वीकार हुने अवस्था आएपछि उनले आगामी बैठकमा उपस्थित नहुने सन्देश दिएका छन । पार्टी प्रमुख नै बैठकमा उपस्थित नहुने यो अवस्था इतिहासमा बिरलै भेटिन्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

सत्तारुढ नेकपा सचिवालयको मंगलबारको बैठकको सुरुवातमै ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नगर्न अडान लिएका थिए । उनले यही प्रस्ताव गत शनिबारको बैठकमा पनि लिखित र व्यवस्थित रूपमा राखेका थिए । ३८ पृष्ठ लामो प्रतिवेदनमा ओलीले प्रचण्डको प्रतिवेदनलाई ‘पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ’ भन्ने प्रस्ताव गरेका थिए ।

तर, मंगलबारको बैठकले भने उनको माग अस्वीकार गर्दै ओली र प्रचण्ड दुवैको प्रस्तावमाथि छलफल अघि बढाएको छ । त्यस्तै, अध्यक्ष ओलीले सबै बैठक रोक्न माग गरे पनि सचिवालयले पूर्वनिर्धारित सूचीअनुसार १८ मंसिरमा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक अघि बढाउने भएको छ।

नेकपा सचिवालयका एक सदस्यका अनुसार मंगलबारको बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीलाई निराधार आरोप लगाउने तथा त्यसलाई पार्टीको दस्ताबेज भनेर प्रचार गर्ने अध्यक्ष प्रचण्डमाथि अनुशासनको कारबाही किन नगर्ने भनेर ओलीले सोधेका थिए । उनले प्रचण्डको प्रस्तावमाथि छलफल हुनै नसक्ने अडान राखेका थिए।

‘निराधार आरोप र लाञ्छनाले भरिएको पत्रमाथि छलफल हुन सक्दैन, त्यो पत्रमा ममाथि गम्भीर आरोप छन्, त्यसलाई मैले खारेज गरेको छु । यस्तो प्रस्ताव पार्टी कमिटीमा छलफल हुन सक्दैन, यसलाई एजेन्डा बनाउन सकिँदैन,’ सचिवालयका एक नेताका अनुसार ओलीको भनाइ थियो।

तर, कुनै प्रस्तावमा छलफल हुने वा नहुने विषय पार्टी बैठकले मात्र निर्णय लिन सक्ने भन्दै प्रचण्डले ‘छलफल नै हुँदैन भन्ने तपाईं को हो’ भन्ने प्रश्न सोधेका थिए । ‘मैले अगाडि सारेको प्रतिवेदन छलफल हुन सक्दैन भन्ने ओली कमरेडको भनाइ आयो, यो निर्णय तपाईंले गर्ने होइन । यो तपाईं एक्लैको अधिकारको विषय पनि होइन । यसको निर्णय पार्टी कमिटीले गर्छ,’ प्रचण्डको भनाइ थियो, ‘तपाईं (सचिवालयका अन्य सदस्य) हरूको यसमा धारणा के हो? दुवै प्रस्ताव छलफल लैजाने कि नलैजाने तपाईंहरू नै भन्नुस् । सबैको सहभागितामा निर्णय गरौँ।’

प्रचण्डको भनाइलगत्तै वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै प्रस्तावमाथि छलफल हुने धारणा राखेका थिए । वरिष्ठ नेता नेपालले कुनै पनि प्रस्तावको विषयमा व्यक्तिले होइन, पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेका थिए । ‘पार्टी कसैको पेवा होइन, प्रस्तावमा छलफल हुना साथ पार्टी फुट्छ र त्यसमा पनि पूर्वएमाले र पूर्वमाओवादी हुन्छ भन्ने धारणा कसैले नराखे हुन्छ,’ नेपालको भनाइ थियो।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एक हजार निजी विद्यालय बन्द हुन सक्ने 

  • ७ माघ, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका

प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’

  • ७ माघ, २०७७

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा तेस्रो दिन पनि बहस जारी छ । तेस्रो दिन मङ्गलबार पाँच कानुन व्यवसायीले निवेदकको पक्षबाट बहस गरेका छन् ।

तपाईंको आज : माघ ७ गते बुधबार विशेष राशिफल

  • ७ माघ, २०७७

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्ममा