• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

ढिस्कोमा पुरिएर चार बालिका घाइते, एकको अवस्था गम्भीर

महोत्तरी । औरही नगरपालिकामा बिहीबार ढिस्कोमा पुरिएर चार बालिका घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ । 

घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह, सम्झारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल यादव र ८ वर्षीया छोरी वसन्ती यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

दसैँको बेला घर लिपपोत गरेर झकीझकाउ बनाउनुपर्ने भन्दै बिहान १० बजेतिर गाउँमै रहेको नदीको किनारमा माटो ल्याउन गएका चारै जना बालिका माटोकै ढिस्कोमा पुरिएर घाइते भएका छन् । घाइतेमध्ये विनोद साहकी १० वर्षीया छोरीको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ भने अन्य तीन जना बालिकाको उपचार गाउँकै एक निजी क्लिनिकमा भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर