मटर व्यापारी डेढ लाख धरौटीमा छुटे

कैलाली । प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी धरौटी छुटेका भएका छन् । 

मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि मटर तस्करीको आरोपमा पक्राउ परेका धनगढीकै व्यापारी राजिव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले गुप्ता सो धरौटी रकम बुझाएर तारेखमा छुटेको जानकारी दिए । अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको हत्यासँग जोडिएको मटर गुप्ताको भएको खुलेपछि प्रहरीले पक्राउ गरी उनीमाथि अनुसन्धान गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर