दाेहाेराे करले व्यवसाय बन्द गराउँछः महासंघ

काठमाडौं । उद्योग वाणिज्य महासंघले सरकारले संघ र प्रदेश दुवै स्थानमा लगाउने गरेको दोहोरो करको भार खेप्न नीजि व्यवसायीलाई निकै गाह्रो भएको बताएको छ । 

बुधबार उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी सो कुरा बताएका हुन् । दोहोरो किसिमको करको मारले निजी क्षेत्रको मनोबल कमजोर हुने भन्दै त्यस्तो कर प्रणाली हटाउन माग समेत गरेका छन् । करकै डरले नै कतिपय साना निजी व्यवसायीहरु बन्द हुने अवस्थामा पुगेको भन्दै महासंघका अध्यक्ष शेखर गोल्छाले यसरी दुई सरकारबाट कर असुली गर्नु कानुनविपरीत भएको र तत्काल निजी व्यवसायीको समस्या समाधान गर्न अर्थमन्त्रीसमक्ष माग गरे । 

भेटमा महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ आतंकका कारण साना तथा मझौला उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ ध्यान दिन माग गरे । त्यस्तै सरकारले रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने भन्दै सरकारले आयातलाई भन्दा पनि निर्यातमा बढी जोड दिनुपर्ने बताए । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्र प्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताएका छन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर