• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भारतमा राज गर्ने ईस्ट इन्डियन कम्पनीको कहानी 

एजेन्सी । त्यो १६औं शताब्दीको अन्तिम वर्ष थियो । विश्वका कुल उत्पादनको एक चौंथाई सामान भारतमा उत्पादन हुन्थो । त्यही कारण यस देशलाई सुनको चरा भन्ने गरिन्थ्यो । त्यो समयमा दिल्लीको राज्यमा मुगल बादशाह जलालुद्दीन मुहम्मद अकबरको आदेश चल्थ्यो । 

उनी विश्वका सबै भन्दा धनी बादशाह मध्येका एक थिए । त्यही समयमा अर्कोतर्फ बेलायत गृहयुद्धबाट उम्कदै थियो । त्यहाँको अर्थव्यवस्था कृषिमा निर्भर थियो । विश्वको कुल उत्पादनको ३ प्रतिशत सामान त्यहाँ उत्पादन हुन्थ्यो । 

बेलायतमा त्यो समय महारानी एलिजाबेथको हुकुम चल्थ्यो । युरोपको ठूला शक्तिहरुले पोर्तुगल, स्पेन व्यापारलाई बेलायतले निकै पछाडि पारिसकेको थियो । व्यापारीको रुपमा बेलायती समुन्द्री डाँकुहरु पोर्तुगल र स्पेनका व्यापारीहरुको जहाज लुटेमा मात्र सन्तुष्ट हुन्थे । 

त्यही क्रममा यात्री बेलायती व्यापारी सल्फ फिचले हिन्द महासागर, मसोपोटामिया, फारसी र दक्षिणपूर्व एसियामा व्यापार यात्रा गर्दा भारतको समृद्धिको बारेमा थाहा पाएका थिए । 

साल्फ फिचको यात्रा यति लामो थियो बेलायत फर्कनु अगाडि नै उनलाई मृत घोषित गरिएको थियो । त्यो समयमा लेभानट कम्पनीले पूर्वबाट मसला लिनको लागि दुई असफल प्रयास गरिसकेको थियो । 

भारतको बारेमा राल्फले दिएको जानकारीको आधारमा बेलायतमा २०० भन्दा धेरै पेबर व्यापारीहरुलाई घुम्नते सर जेम्स लानकास्टरमा अगाडि बढ्नको लागि यस क्षेत्रमा लाग्ने विचार गरियो । 

उनले डिसेम्बर १ सन् १६०० मा एक नयाँ कम्पनी स्थापना गरेर रानीबाट पूर्वी एसिया व्यापारमा एकाधिकार प्रप्ता गरे । यस कम्पनीको नाम धेरै छ । तर, यसलाई विशेष ‘ईस्ट इन्डिया कम्पनी’ को नामबाट चिन्ने गरिन्छ । 

........
ईस्ट इन्डियाका कम्पनी स्थापनाको घोषणा 

प्रारम्भिक वर्षहरुमा अन्य क्षेत्रमा यात्रा गरेपछि अगस्ट १ सन् १६०८ मा क्याप्टेन विलियम हकिन्सले भारतको सुरत बन्दरगाहमा आफ्नो जहाज ‘हेक्टर’ राखेर ‘ईस्ट इन्डिया कम्पनी’को घोषण गरेका थिए । 
हिन्द महासागरमा बेलायतमा व्यापारी प्रतिद्वन्द्वी डच र पुर्तगाली अगाडि नै सहभागी थिए । कसलै अनुमान नै गरेको थिएन । यो कम्पनी आफ्नो देशमा २० गुणाले बढ्छ । विश्वको सबै भन्दा धनी देशको सूचिमा यो देश एक थियो । यसको एक चौंथाई आवादीमा सिधै शासान गर्ने तयारीमा थियो । 

त्यतिबेलासम्म बादशाह अकबरको मृत्यु भएसकेको थियो । त्यो समयमा सम्पतिको तुलना केवल चीनको मिंग राजवंशीही बादशाह अकबरले मात्र बराबरी गर्न सक्थे । 

खाफी खान निजामुल–मुल्कको पुस्तक ‘मुन्तखबुल–बाब’का अनुसार अकबरले पाँच हजार हात्ती, बाह्र हजार घोडा, एक हजार चित्ता, दश करोड रुपैयाँ अशर्फिमा सय तोलादेखि लिएर पाँच तोलको हजार, दुई सय बहत्तर तोला काँचो सुन, तीन सय सत्तरी तोला चाँदी एक मन मर्ने गहना जसको मूल्य तीन करोड रुपैँया आफ्नो पछाडिका सन्ततीलाई छोडेका थिए । 

अकबर शेखजादे सलीम नुरुद्दीन र जहाँगीर पदवीका साथ पुगेका थिए । शासान सुधार कार्यन्वयन गर्दा कान, नाक र हात काट्ने सजायको अन्त्य भयो । रक्सी तथा अन्य मादक पदार्थहरुको प्रयोग जनताको लागि हटाई एकपछि विशेष दिन बाहेक जनावर काट्नु लगायतका कुरामा रोक लगाइएको थियो । जसका कारण धेरै अवैध करहरु हटेको थियो । 

सडक, इनारहरु निर्माण गरिएको थियो । उत्ताधिकार कानुन कडाइको साथ लागू गरिएको थियो । हरेक सहरको सरकारी अस्पतालमा निःशुल्क उपचारको आदेश दिएका थिए । उजुरी गर्ने गुनासोहरुको लागि दरबारको ढोकामा न्याय झुन्डाइएको थियो ।
........

 
मुगल बादशाहलाई मनाउँने कोसिस

विश्व विख्यात इतिहासकार विलियम डेलरिम्पका अनुसार युरोपमा भएको जस्तै चालिस लाख मुगल सेनाको साथमा युद्ध गर्न सकिदैैंन भन्ने कुराको महशुस होकिन्सलाई भइसकेको थियो । 

जसका कारण उनलाई मुगल बादशाहको अनुमति साथ–साथै सहयोगीको पनि आवश्यकता थियो । होकिन्स एक वर्षमा नै भित्री मुगल राजधानी आगरा गए । कम पढेका होकिन्सलाई जहाँगीरबाट व्यापारीको लागि अनुमति प्राप्त गर्न सफलता मिलेन । त्यसपछि संसदको सदस्य तथा राजदूत सर थोमस रो को शाही दूतको रुपमा उनलाई पढाइयो । सर थोमस रो सन् १६१५ मा आगरा पुगेका थिए । उनले राजालाई बहुमूल्य उपहारसहित भेट गरेका थिए । जसमा शिकारी कुकुर र मन पर्ने रक्सी पनि थियो । 

बेलायतीको साथमा सम्बन्ध बनाउनको लागि जहाँगीर उनको प्राथमिकता थिएन । थोमस रो का अनुसार जब कुनै पनि विषयमा कुरा हुन्थ्यो ।  बादशाह  घोडा, व्यापार र कला कृति र रक्सीको विषयमा मात्र चर्चा गर्थे । 

करिब तीन वर्ष लामो प्रयास र संघर्षपछि थोमस रोले यसमा सफलता पाए । जहाँगीरले ईस्ट इन्डिया कम्पीको साथमा एक व्यापारीक सम्झौतामा हस्ताक्षर गरे । सम्झौता अनुसार कम्पनी र बेलायती सबै व्यापारीलाई उपमहाद्वीपको प्रत्येक बन्दरगाहमा बिक्रि वितरण गर्नको लागि ठाउँको अनुमति दिइयो । त्यसको बदलामा युरोपीय उत्पादनलाई भारतमा दिने बाचा गरे तर त्यो समयमा त्यहाँ केही पनि सामान बन्न सुरु भएको थिएन । 

कम्पनीको जहाजले राजमहलको लागि ल्याएका पुराना बस्तु तथा उपहार खुसीका साथ स्विकार गर्ने निर्णय व्यापारीक सम्झौतामा गरिएको थियो । 

कम्पनीका व्यापारीहरुले भारतबाट कपास, पोटासियम, नाइट्रेट र चिया मुगलहरुको सहमतिबाट किन्थे । विदेशमा त्यसलाई महङ्गो मूल्यमा बेच्थे र नाफा कमाउँथे । 

कम्पनीको पुँजीको अधारमा व्यापारीको पुँजी थियो । कम्पनीले जस्तो बस्तु किन्ने गरेको थियो त्यसको आधारमा चाँदीको सिक्का दिने गरिएको थियो । जसलाई सन् १६२१ देखि सन् १८४३ सम्म स्पेन र संयुक्त राज्य अमेरिकामा दासीहरुलाई बेचेर कमाएको थियो ।
.......

कम्पनीको मुगलोसँग आमना–सामना

सन् १६७० मा बेलायती सम्राट चाल्स द्वीतीयले ईस्ट इन्डिया कम्पनीलाई विदेशमा युद्ध लड्ने र उपनिवेश स्थापित गर्ने अनुमति दिए । ब्रिटिस सेनाको सशस्त्र बलले पहिलो पटक भारतमा पोर्तुगाली, डच र फ्रेन्च प्रतिद्वन्द्वी लडेर धेरै जसो युद्ध जितेका थिए । बिस्तारै उनले बंगालको समुन्द्री तटहरु आफ्नो नियन्त्रणमा लिए ।

तर, सत्रौं शताब्दीमा उनीहरुले मुगलसँग एक पटक मात्र भेट गरेका थिए । सन् १६८१ मा कम्पनीका कर्मचारीहरुले कम्पनीका निर्देशक सर चाइल्डलाई गुनासो पोखेका थिए । सर बंगालका मुगल सम्राट औरंगजेब आलमगीरका भतिजा नवाब शाइस्ता खानका अधिकारीहरुले आफूहरुलाई कर लगायत अन्य विषयमा उत्पीडन गरेको गुनासो सुनाएका थिए । सर चाइल्सले सैन्य सहायताका लागि आफ्नो सम्राटलाई पत्र लेखे । सन् १६८६ मा १९ युद्धतोप, २ सय दोप र ६ सय सैनिक बंगालको लागि निस्क्यो । 

मुगलको बादशाह सैनिक पनि युद्धको लागि तयार भयो । जसको कारण मुगलकै जित भयो । बेलायती समुन्द्री डाँकु हेनरी एवरी र औरंगजेबले समुन्द्रिक जहाज ‘फतेकह मुहम्मद’ र ‘गुलाम सवाई’ लुटे । यसभित्र भएका समानको मूल्य ६ देखि ७ लाख बेलायती पाउण्ड थियो । 
...........

ब्रिटिश सेना मुगल सेनाबाट नराम्ररी बाहिरिए

इतिहासकार विलियम डलररिम्पल भन्छन्– ‘बेलायती सैनिकहरुलाई मुगल सेनाले झिंगा जस्तै गरी मारे । बंगाल कम्पनीका पाँच कारखानहरु नष्ट भए । सबै बेलायतीहरुलाई बंगालबाट निकालियो ।’ 

सुरतको कारखानाहरु बन्द गरिदिए । मुम्बईमा पनि त्यस्तै गरियो । कम्पनीका कर्मचारीहरु अपराधी जस्तै अपमान गरिएको थियो । 

जसको कारण कम्पनीले माफी माग्ने र कारखानामा फिर्ता बोलाओस् भन्नको लागि राजाको दरबारमा उपस्थित भएर भिख मागे जस्तो गर्नु बाहेक उनीहरुसँग कुनै विकल्प थिएन । बेलायती सम्राटले आधिकारिक रुपमा हेनरी एभरीको निन्दा गरे अनि मुगल सम्राटसँग माफी मागे । 

ओन्रगजेब आलमरीलेसले सन् १६९० मा कम्पनीलाई माफ गरे । सत्रौं शताब्दीको उत्तरार्धमा ईस्ट इन्डिया कम्पनीले चीनबाट रेश्म र माटोको भाडा किन्न थाल्यो । समानको भुक्तानी चाँदीमा गर्नु पर्दथ्यो । किन भने उनीहरुसँग चीनलाई चाहिने कुनै उत्पादन थिइन । 
यसको समाधानको लागि एक उपाय निस्क्यो । बंगालमा अफिमको खेती गर्न थालियो । अफिमको प्रशोधनका लागि कारखानाको निमार्ण गरियो अनि चीनमा बेच्न थालियो ।

त्यो समय चीनमा अफिम एकदमै कम प्रयोग गरिन्थ्यो । ईस्ट इन्डिया कम्पनीले चिनियाँ एजेन्ड मार्फत् जनताबीच पनि अफिमको व्यापार बढायो । कम्पनीले अफिमको बदलामा रेश्म र चीनको भाडा किनेर नाफा पनि कमायो । 

चिनियाँ सरकारले जब अफिमको व्यापालाई रोक्ने कोसिस गर्यो साथै उत्पादन भएका अफिमलाई नष्ट गर्यो तब चीन र बेलायतबीचमा धेरै युद्ध भयो । चीनले युद्ध हार्यो । जसका कारण अपमानजनक अवस्थामा पनि विभिन्न सर्तमा चीनले बेलायतसँग सम्झौता गर्यो । नष्ट गरिएको अफिमको पनि भरपाई गर्न पर्यो । यसको पोर्टहरु कब्जा गरियो । बेलायतको तर्फबाट निकै कडा निर्णय थियो । 

चिनियाँ सरकारले विरोधमा रानी भिक्टोरियालाई पत्र पठायो । अफिमको व्यापर रोक्नका लागि आग्रह गरे । त्यो पत्रको कुनै जवाफ आएन । 

सन् १७०७ मा बादशाह सम्राट औरंजबको मृत्युपछि विभिन्न क्षेत्रका मानिसहरु एक अर्काको विरोधमा उभिए । यही परिस्थितको फाइदा उठाउँदै कम्पनीले लाखौं स्थानीय मानिसहरुलाई सेनामा भर्ना गर्यो  । 

युरोपमा भएको औद्योगिक क्रान्तिको कारण युद्ध प्रविधिमा पनि दक्ष भयो । देख्दा सानो सैनिक गठन भएपनि प्रविधिको प्रयोगको कारण स्थानीय नवाबका ठूला फैजीहरुलाई हरायो । 

सन् १७५६ मा नवाजब सिराज–उद–दौला बंगालको सबै भन्दा धनी अर्ध स्वायत्त शासक बने । मुगल शासनको ५० प्रतिशत राजस्व उक्त राज्यमा आउने गरेको थियो । बंगाल भारतमा मात्र होइन विश्वमा नै कपडा र जहाज निर्माणको लागि प्रमुख केन्द्र थियो । 

यस क्षेत्रका मानिसहरु लेरेशको कपडा, स्टील, पोटासियम नाइट्रेट र कृषि तथा औद्योगिक सामानहरु निर्यात गरि राम्रो कमाई गर्दथे । कम्पनीले कलकत्तामा आफ्नो विस्तारहरु सुरु गर्यो साथै फौजीहरुको संख्या पनि बढायो ।


नवाबले कम्पनीलाई आफ्नो क्षेत्रमा विस्तार गर्नको लागि सन्देश पठाए । तर उक्त आदेशको अपहेलना भयो जसका कारण नवाबले कलकत्तामाथि आक्रमण गरे । अनि बेलायती किल्लामा कब्जा गरे । फोर्ट विलियमको कोठामा बेलायती कैदीहरु राखिदिए । 

.........

मीर जाफरको विश्वासघात र प्लासीको लडाई

ईस्ट इन्डिया कम्पनीले नवाबको सेनाका सेनापति मीर जफारलाई आफ्नो साथमा मिलायो । जसको मनमा शासक बन्ने इच्छा थियो । सन् १७५७ जुन २३ मा प्यासीमा कम्पनी र नवाब सेनाबीच युद्ध भयो । 

तोपको अत्याधिक प्रयोग र मीर जाफरको विश्वासघातको कारण बेलायतीहरु विजयी भए । मीर जाफरलाई बंगालको सिंहासनमा राखियो । अंग्रेजहरुले जाफरबाट मालगुजारी चार्ज गर्न थाले । यसरी भारतमा लुट्ने युग सुरु भयो । 

जब कोष खाली भयो मीर जाफरले कम्पनीबाट छुट्कारा लिनको लागि डच सेनाको मद्दत लिए ।  सन् १७५९ र सन् १७६४ विजयपछि कम्पनीले बंगालको प्रशानलाई नियन्त्रणमा लिए । 

नयाँ–नयाँ करको रणनीतिले गर्दा बंगालमा सस्तो मूल्यमा सामान किने बाहिरी देशमा  महङ्गो मूल्यमा बेच्न थाले । विद्वान वजाहमत मसुद लेख्छन्– ‘अठारौं शताब्दीको उत्तरार्धमा बेलायती व्यापारीहरुले चाँदीको सिक्का दिएर भारतीयहरुबाट कपास र चामल किन्थे । 

प्यासीको युद्धपछि ईस्ट इन्डिया कम्पनीले वित्त र राजस्व प्रणलीको सहयोगमा भारतसँग व्यापार एकाधिकार स्थापना गर्यो  । भारतीयहरुबाट पाउने राजस्वको एक तिहाई भारतीय उत्पादनमा खर्च गरिने सर्त राखिएको थियो । यस कारण भारतमा मानिसहरुले राजस्व दिने गरेका थिए । त्यही एक तिहाईको लागि मानिसहरुलाई सामान किन्न बाध्य पारिन्थ्यो ।

...........

ईस्ट इन्डिया कम्पनीको शासन र दुःखको समय

इतिहासकार, आलोचक र पत्रकार वारी अलीगले आफ्नो पुस्तक ‘कम्पनी नियम’ मा लेखेका छन्– ‘विश्वका हरेक देशका व्यापारीहरुले भारतसँग व्यापार गर्थे । सभ्य मानिसहरु ढाका र मुर्शिदबादबाट मलमलको प्रयोग गर्न उपयुक्त मान्दथे । युरोपका सबै देशहरुमा यी दुई सहरका मलमल र चिकेन निकै प्रसिद्ध थियो ।’

भरतमा अन्य उद्योगको तुलनामा कपडाको उद्योग निकै राम्रोसँग चलेको थियो । भारतबाट सुती, उनका कपडा र मलमलको निर्यात गरिन्थ्यो । रेशम, सुन, चाँदीको कामका लागि अहमबाद विश्वव्यापी रुपमै प्रख्यात थियो । अठारौं शताब्दीमा इंग्ल्याण्डमा यस्ता कपडाहरुको माग उच्च थियो । यही माग रोक्नको लागि सरकारले उच्च कर लगाउँन बाध्य भएको थियो । 

कपडा बुनाईसँगै भारतले फलामको काममा पनि निकै प्रगति गरिसकेको थियो । फलामले बनेका बस्तुहरु भारतबाहिर पनि पठाउने गरिएको थियो । मुगल सम्राट औरंगजेबको शासन कालमा जहाजहरुको लागि फलामको डन्डि बनाइयो । त्यो समयमा बंगालले जहाज निर्माणको लागि धेरै प्रगति गरिसकेको थियो । 

एक जना अंग्रेजको शब्दमा ‘हाम्रो ब्रिटिश भन्दा पहिला भारतीय जनताले अत्यन्त राम्रो समय बिताइरहेका थिए । व्यवसायी र साहसी व्यक्तिहरुको लागि विभिन्न प्रकारका सुविधाहरु उपल्बध गराइएको थियो । म पक्का छु बेलायती आगमन अगाडि नै भारतीयहरुले आरमदायी जीवन बिताइरहेका थिए ।’

औरंगजेबको शासनकालमा अहमबाद र सुरतबाट जौं उत्पादन निर्यात गरिन्थ्यो । क्रमसः १३ लाख १ सय वार्षिक राजस्व संकलन गर्थे । ईस्ट इन्डिया कम्पनीको एक ट्रेन्डिङ्ग कम्पनी थियो । उसको साथमा दुई लाख ५० हजार सैनिक थिए । जहाँ व्यापार नाफाको कुनै सम्भावना हुँदैन थियो । कम्पनीको सेनाले ५० वर्ष भित्र भारतको सबै भाग कब्जा गर्यो । 

ती क्षेत्रहरुमा कम्पनीलाई राजस्व दिने शासकहरुले शासन गर्न थाले । प्रत्यक्ष रुपमा यो शक्तिको अधिकार स्थानीय शासकहरुको हातमा थियो । तर राज्यको अधिंकाश राजस्व बेलायती सेनाको ढुकुटीमा जान्थ्यो । यस्तो विषयमा चुप बस्न जनता बाध्य थिए । 

सन् १७५६ मा ईस्ट इन्डिया कम्पनीले मुगल सम्राट शाह आलमलाई हरायो । लर्ड क्लाइभले पूर्वी प्रान्त बंगाल, बिहार र उडिसाको ‘दीवानी’ प्राप्त गर्यो अर्थात् राजस्व संकलन गर्ने र जनतालाई नियन्त्रण गर्न वार्षिक २६ लाख रुपैयाँ लियो । 

त्यसपछि भारत कम्पनीको शासन अन्तर्गत आयो । इतिहासकार सैयद हसन रियाजका अनुसार ‘संसार ईश्वर हो देश राजा हो, कमान्ड कम्पनी बहादुर हो’ भन्ने नारा प्रचलित थियो । 

........

शाही परिवारको विलाशिता

मुगल शासनको अन्तिम चरणमा शाहहरुले जनताको रगत चुसेर सम्पत्ति जम्मा गर्ने गरेका थिए । उक्त सम्पत्ति शाही परिवारको विलाशिताका लागि खर्च हुने गरेको थियो । मुगल सहजादे जसलाई सुल्तान पनि भनिन्थ्यो । उनी अल्छी, डरपोक र विलासिताको लागि प्रख्यात थिए । 

इतिकासकार डा. मुबारक आलीले आफ्नो पुस्तक ‘अखादी अहमदका मुगलिया हिन्दु्स्तान’ मा लेखेका छन्– ‘सन् १९८४ मा नृत्य र सरोदको संस्थामा सबै कुरा दिने नाकारना सुल्ताहरुको संख्या २१०४ पुगेको थियो । शाह आलमका छोरा अकबर पनि कामुकपनमा आफ्नो बुवा भन्दा कम थिएनन् । १८ वर्षका उमेरमा उनी १८ वटी श्रीमतिको धनी थिए । 

अठारौं शताब्दीमा सन् १७६८ देखि १७७३ सम्म बिहारदेखि बंगालसम्मको दक्षिण क्षेत्र अनिकालबाट प्रभावित थियो । एक अनुमान अनुसार लाखौं मानिसहरुको मृत्यु भएको थियो । गर्भनर जनरल वारेन हेस्टिंग्सको प्रतिवेदन अनुसार एक तिहाई जनसंख्या भोकमरीका कारण अकालमा मरे । 

कम्पनीले लगाएको भारी करको कारण प्रतिकुल मौससमा बाहेक ग्रामिण जनसंख्या कंगाल भएको थियो । नोबेल पुरस्कारबाट सम्मान्ति अर्थशास्त्री अमत्र्य सेनाका अनुसार बंगाल अनिकाल मानव निर्मित थियो । 

कुनै विवाद भएमा ईस्ट इन्डिया कम्पनीले आफ्नो सेना स्थानीय शासकको लागतमा भाडामा उपलब्ध गराउँथ्यो । तर सैनीकको खर्च व्यहोर्न नसक्दा छिट्टै नै गरिब हुन्थे । जसको कारण आफ्नो शासन नै त्याग्नु पर्दथ्यो ।

........

मानवीय दुघर्टनाबाट लाभ

यसरी कम्पनीले आफ्नो क्षेत्र विस्तार गर्ने काम जारी राख्यो । कम्पनीले मानवीय दुर्घटनाबाट पनि फाइदा उठायो । एक रुपैयाँको चामल १२० रुपैयाँमा पाइन्थ्यो । बंगालको अनिकालको समय एक रुपौयाँको मात्र तीन सेर पाउन थाल्यो । 

एक वरिष्ठ अधिकारीले यसरी ६०,००० पाउन्डको लाभ कमायो । ईस्ट इन्डिया कम्पनीले १२० वर्षको शासान काल अवधिमा ३४ पटक अनिकाल पर्यो । 

मुगल शासन अन्तर्गत अनिकालको समयमा कर कम गर्ने गरेका थिए । तर ईस्ट इन्डिया कम्पनीले अनिकालको समयमै कर बढाउने गरेको थियो । जसको कारण मानिसहरु खानाको लागि आफ्नो बच्चा बेच्न समेत बाध्य हुन्थे । 

ईस्ट इन्डिया कम्पनीकै एक कर्मचारी शेह दीन मुहम्दले आफ्नो यात्रा वृतान्तमा लेखेका छन्– ‘सन् १७८० को समयमा जब हाम्रो सेना अगाडि बढिरहेको थियो । त्यो समयमा हामीले धेरै हिन्दु तीर्थ यात्रीलाई देख्यौँ जो सीता कुण्ड जाँदै थिए । १५ दिनमा हामी मुनगेरबाट भागलपुर पुगेका थियौँ । हाम्रो शहरको बाहिर शिवर लगाईयो । यो शहर औद्योगिक रुपमा निकै महत्वपूर्ण थियो । व्यापारिक रक्षाको लागि आफ्नो एक सेना पनि थियो । हामी चार पाँच दिन त्यहाँ बस्यौँ ।’

ईस्ट इन्डिया कम्पनीका क्याप्टेन ब्रुक जोसेनाका पाँच कम्पनीको प्रमुख थिए । उनी पनि नजिकै बसेका थिए । उनलाई कहिले काहीँ पहाडी आदिवासीहरुको सामाना गर्नु पथ्र्यो ।

यि पहाडी मानिसहरु भागलपुर र राजमहलको बीचको पहाडमा बस्थे । त्यहाँ जाने यात्रीहरुलाई दुःख दिएर सताउँथे । क्याप्टेन ब्रुकले त्यहाँका धेरै मानिसहरुलाई पक्राउ गरेका थिए । सार्वजनिक रुपमा कसैलाई कोर्रा लगाइयो, कसैलाई झुन्डाइयो । उनीहरुलाई सबैले देख्ने गरी मारियो ताकि हेर्नेहरुको मनमा त्रास फैलियोस् । 

हामी त्यहाँबाट अगाडि बढ्यौं । बाटोको हरेक प्रमुख स्थानमा उनीहरुको शव झुन्डाइएको छ । हामी सुकली गढी र तलिया गढीको बाटोबाट राजहमल पुग्यौँ । हामी त्यहाँ केही दिन बस्यौँ । हाम्रो धेरै सिपाही थिए । केहीले हामीलाई पछाडिबाट आक्रमण गरे तर हाम्रो सिपाहीले नै उनीहरुलाई पछ्याए । 

धेरै मानिसहरुलाई मारियो । ३०–४० जना पहाडीलाई पक्राउ गरियो । भोलिपल्ट बिहान सहरका मानिसहरु सधैँ कै जस्तो हात्ती, घोडा चलाउनको लागि लठ्ठी खोज्न पहाडी क्षेत्रमा गए । पहाडीले उनीहरुलाई हमला गरे । जहाँ ७–८ जना मरे । पहाडीले साथमा हाम्रो घोडा हात्ती पनि लगे । 

हाम्रो हतियार बोकेका सैनीकले जवाफी कारबाहीमा धेरै पहाडीलाई मारे  । जो तिर कमान र तरबारको सहायतामा लडिरहेका थिए । २ सय पहाडीलाई हिरासतमा लिइयो । तरबारको तौल १५ पाउन्डको थियो । जो हाम्रा जितको ट्रफी बनिसकेको थियो । कर्नल ग्रान्टको आदेश अनुसार ती पहाडीमाथि धेरै अत्याचार गरियो । कसैको नाक कसैको कान काटियो । यसरी धेरैलाई फाँसी दिइयो । तर, हामाीले कलकत्ताको यात्रा जारी राख्यौँ ।

........

टीपु सुल्तानलाई मिल्यो चुनौती

केवल कैससुरका शासक टीपु सुल्तानले फ्रान्सको प्राविधिक सहयोगले कम्पनीलाई रक्षा गर्दै दुई कम्पनीलाई हराए । तर भारतका अन्य शासकहरुले टिपु सुल्तानलाई पनि आफ्नो तर्फ काबुमा राखे । जब कम्पनीका गर्भनर जनरललोर्ड भेल्जलीले सन् १७८८ मा टिपुको मृत्युको सूचना दिए । उनले हातमा गिलास हल्लाउँदै भने– ‘आज म भारतको लासमाथि खुसी मनाइरहेको छु ।’

लार्ड भेल्जलीको कार्यकालमा कम्पनीले आफ्नो सैन्य विजयको बाबजुद वित्तीय कठिनाईहरुको सामना गरिरहेको थियो । त्यसको व्याज बढेर ३ करोड पाउन्ड भन्दा धेरै भएको थियो । कम्पनीका निर्देशकले भेल्जलीको व्यर्थ खर्चको बारेमा सरकारलाई पत्र लेखे र उनलाई फेरि बेलायत बोलाइयो । 

सन् १८१३ मा बेलायती संसदले भार व्यापारमा ईस्ट इन्डिया कम्पनीको एकाधिकार समाप्त गर्यो । साथै अन्य बेलायती कम्पनीलाई व्यापार गर्न र कार्यालय खोल्न अनुमति दिइयो ।

....... 

औद्योगिक देशबाट कृषि प्रधान देश बन्यो भारत

बेलायतको सदन सन् १९१३ ले थामस मुनरोलाई सन् १८२० मा मद्रासका गभर्नर बनाइएको थियो । उनलाई सोध्यो– ‘औद्योगिक क्रान्तिपछि भारतमा’ बेलायतले बनाएको लुगा किन बेच्दैनौँ ? उनले जवाफमा भने– ‘भारतीय कपडा एकदमै उच्च गुणत्वको छ ।’
यद्यपि, बेलायतमा बनेका कपडाहरुको लोकप्रियता बढाउनको लागि भारतमा रहेका पुराना स्थानीय कपडा उद्योगहरु नष्ट गरियो । यसरी बेलायतको निर्यात सन् १८१५ मा १५ लाख पाउन्ड  थियो ।  सन् १८२२ मा बढेर ४८ लाख पाउन्ड भयो । 

ढाका, जो कपडा निर्माणको प्रमुख केन्द्र थियो । त्यहाँको जनसंख्या डेढ लाखबाट घटेर २० हजार भयो । गर्भनर जवर्नर विलियम बैंटिकले सन् १८३४ को आफ्नो रिर्पोटिङमा लेखे– ‘अर्थ शास्त्रको इतिहासमा यस्तो विकट परिस्थितिको कुनै उदाहरुण पाउँन सकिदैंन । भारतीय जुलाहाको हड्डीले भारतको भूमिलाई सेतो बनाएको छ ।’

किसानको आयमा ६६ प्रतिशत कर लग्यो । जो मुगल कालमा ४० प्रतिशत थियो । नुन लगायतका दैनिक उपभोगको वस्तुमा पनि कर लगाइयो । जसले गर्दा नुनको खपत निकै कम भयो । नुनको प्रयोग कम भएपछि गरिबको स्वास्थ्यमा यसको प्रभाव खराब पर्यो । यसरी ‘लू’  को कारण धेरैको मृत्यु भयो । 

ईस्ट इन्डिया कम्पनीका एक निर्देशक हेनरी जज टकरने सन् १८२३ मा लेखेका छन् र भारतलाई एक औद्योगिक देशको ठाउँमा एक कृषि प्रधान देशमा परिवर्तन गरियो । ताकि बेलायतमा निर्माण भएको समान भारतमा बेच्न सकियोस् । 

सन् १८३३ मा बेलायती संसदबाट एक कानुन पारित गरी ईस्ट इन्डिया कम्पनीको व्यापार गर्ने अधिकार खोसियो । यसलाई एक सरकारी निगममा परिणत गरियो ।

....... 

सन् १८७४ मा अन्त्य भयो ईस्ट इन्डिया कम्पनी 

विलियम डेलरिम्पले आफ्नो पुस्तक ‘द अनार्की, द रिलेन्टलेस राइज अफ द ईस्ट इन्डिया कम्पनीमा लेखेका छन् । यो इतिहासको अनौंठो उदाहरण हो । जसमा एक निजी कम्पनीले आफ्नो सेना र नौसेनाको सहयोगमा २० करोड आबादीको जनसंख्यालाई दास बनाईदियो । ’

कम्पनीले सडक र पुल बनायो । रेल चलायो । तर आलोचकहरु भन्छन्– ‘परियोजनाहरुले जनतासम्म यातायात लगायतको सुविधा दियो । त्यसको एक मात्र उद्देश्य कपास, रेशम अफिम, चिनी र मसलाको व्यापारलाई विकास र प्रबद्र्धन गर्नु थियो । 

सन् १८३५ को ऐन अन्तर्गत अंग्रेजी भाषा र साहित्यलाई प्रबद्र्धन गर्न रकम विनियोजन गरिएको थियो । सन् १८५७ को स्वतन्त्रता युगको क्रममा उक्त कम्पनीको हजारौं मानिसहरुलाई बजार र सडकमा झुन्डाएर मार्न लगाइयो र धेरै मानिस कुल्चिएर मरे ।   

यो बेलायती औपनिवेशिक इतिहासको सबैभन्दा ठूलो नरसंहार थियो । स्वतन्त्रता संग्रामको अघिल्लो वर्ष नोभेम्बर १ मा बेलायती रानी भिक्टोरियाले कम्पनीको अधिकार समाप्त गरेर शासनको सिधैँ अधिकार आफ्नो हातमा दिइन् । 

कम्पनीको सेना बेलायती सेनाको साथमा मर्च गरियो । कम्पनीको नौसेनालाई भंग गरियो । लार्ड मकाउनेका अनुसार कम्पनी सुरुदेखि नै व्यापार साथ–साथै राजनीतिमा पनि सहभागी थियो । त्यसैले कम्पनीको अन्तिम समय सन् १८७४ सम्म चल्यो । भारत त्यो समय बेलायती रानीको शासनमा थियो । 

सोही वर्ष बेलायती अखबार ‘द टाइम्स’ले जनवरीको अंकमा लेखेको छ– ‘इतिहासमा यस्तो काम कुनै पनि कम्पनीले गरेको छैन । आउने वर्षमा पनि कुनै कम्पनीले त्यस्तो गर्ने सम्भावना छैन । ’ भारत अब बेलायती महारानीको अधिनमा थियो । 

(बीबीसी हिन्दीबाट साभार । अनुवाद आयुष्मा बस्नेत ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर