वजेट कार्यान्वयनमा देखाईने कुनै बहानावाजी आफुलाई स्वीकार्य हुदैन–मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वजेट कार्यान्वयनमा देखाईने कुनै वाहानावाजी आफुलाई स्वीकार नहुने बताएका छन् । 

शतप्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यका साथ काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिदै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । 

भौतिक पुर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी हेरीरहेका  मुख्यमन्त्री शाहीले वुधवार आयोजित प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा यस्तो निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनसंग सम्बन्धित धेरै समस्या हल भएको वताउदै चालु आर्थिक वर्षको प्रगति उदाहरणीय हुनुपर्ने वताए  । उनले  संगठन संरचनाको टुंगो लागेर मन्त्रालय मातहत हरेक जिल्लामा २ वटा कार्यालय रहेको, सेवा करार मार्फत कर्मचारी अभावको समस्या सामाधान भएको, हरेक जिल्लामा प्रदेश सरकारका लेखा ईकाई कार्यालय स्थापना भएको वताउदै वजेट कार्यान्वयनमा जिम्मेवार बन्न सबैलाई आग्रह गरे ।

कार्यसम्पादनका आधारमा मूल्याँकन हुने वताउदै मुख्यमन्त्री शाहीले कार्यालयमा वसेर फाईलमा हस्ताक्षर गर्ने र निर्देशन मात्र दिने कार्यालय प्रमुखको कार्यशैली सच्च्याउनुपर्नेमा जोड दिए । कार्यालय प्रमुख समेत फिल्डमा खटेर परिणाममुखी काम गर्नुपर्ने वताउदै उनले  दोश्रो चौमासिकमा ५० प्रतिशत कार्यप्रगति सहित समिक्षा गोष्ठीमा आउन निर्देशन गरे 

मुख्यमन्त्री शाहीले निर्माण व्यवसायीको भरमा आयोजना नछोडन निर्देशन दिदै हरेक आयोजना एवं निर्माणस्थलमा प्राविधिक खटाउनुपर्ने वताएका छन्  । उनले विकास आयोजनाहरुको प्रभावकारी कार्यान्वयन र गुणस्तरीय निर्माणकार्यको लागि अनुगमन तथा निरिक्षणको कार्यलाई कडाई गर्नुपर्ने औंल्याए । 

भुक्तानी प्रक्रियामा ढिलासुस्तीको गुनासो आफुकहाँ आईपुगेको वताउदै कार्यसम्पन्न भएका आयोजनाहरुको भुक्तानीमा ढिलासुस्ती एवं अनावश्यक दुख दिने कार्य स्वीकार्य नहुने मुख्यमन्त्री शाहीले वताए  । 

यसैगरी मुख्यमन्त्री शाहीले दोश्रो चौमासिक सम्म वजेट कार्यान्वयनलाई तिव्र वनाउन आग्रह गर्दै विभागीय मन्त्रीको सहमति विना कोही पनि कार्यालय प्रमुखको विदा स्वीकृत नगर्न मन्त्रालयका सचिवलाई निर्देशन दिए  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर