गण्डकीमा ११७ जना कोरोना सङ्क्रमित थपिए

गण्डकी । गण्डकी प्रदेशमा ११७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका– १४ का ४८ वर्षीया महिला र नवलपरासी (पूर्व)को कावासोती नगरपालिका– १४ का ७८ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद बिन्दु शर्माले जानकारी दिए । यीसँगै प्रदेशमा कारोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १६२ पुगेको छ । 

आज थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ३५ जना छन् । त्यस्तै लम्जुङका २५, तनहुँका २३, गोरखाका १७, वाग्लुङका १०, पर्वतका तीन, स्याङ्जाका दुई तथा नवलपुर पूर्व र मुस्ताङका एकएक जना रहेको निर्देशनालयले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर