अभिनेत्री  श्वेता खड्का प्रेमी रावतसँग बिहे गर्दै

काठमााडौं । अभिनेत्री  श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्न लागेकी हुन् । 

उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । 

उनी फिल्म ‘कहाँ भेटिएला’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर