• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

इरानको संसदबाट युरेनियम उत्पादन बढाउने सम्बन्धी कानून पारित

एजेन्सी । इरानले युरेनियमको उत्पादन बढाउने तथा संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रमा अनुगमनमा रोक लगाउने सम्बन्धी कानून पारित गरेको छ ।

इरानको संसदले नयाँ कानून पारित गरेसँगै उसले युरेनियमको उत्पादन थप बिस्तार गर्ने बाटो खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अबको दुई महिना भित्र आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा नभएमा युरेनियमको उत्पादन २० प्रतिशतसम्म बिस्तार गर्ने इरानले जनाएको छ । सन् २०१५ मा भएको सम्झौता अनुसार इरानको युरेनियम क्षमता ३।६७ प्रतिशतमा सीमित हुनु पर्ने थियो ।

इरानका राष्ट्रपति हसन रुहानीले आफू सो कानूनको विपक्षमा रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर