• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रुसी राष्ट्रपति पुटिनले दिए कोरोना खोप प्रयोग गर्न निर्देशन

 एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् ।  बुधबार राष्ट्रपति पुटिनले सो निर्देशन दिएका हुन् । रुसी सञ्चारमाध्यामहरुका अनुसार त्यहाँ कोरोना खोप निःशुल्क रुपमा लगाइने तयारी गरिएको छ । 

पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरुलाई खोप लगाइने रसिया टुडेले जनाएको छ । गत अगष्टमै रुस कोरोना विरुद्धको खोप दर्ता गराउने विश्वकै पहिलो राष्ट्र बनेको थियो । रुसमा बनेको सो खोपको नाम स्पुटनिक–५ दिइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर