फिल्मी करियरको १० वर्षमा पाँच सय  फिल्ममा अभिनय गरेकी स्मिताले ३६ वर्षमा किन गरिन् आत्महत्या ?

मुम्बई । भारतीय अभिनेत्री सिल्क स्मिताको डिसेम्बर २ मा जन्मदिन परेको थियो । ३६ वर्षको उमेरमा सिल्कले पंखामा झुन्डिएर आत्महत्या गरेकी थिइन् । रहस्यमय तरिकाले उनको मृत्यु भएको थियो । साउथ फिल्म उद्योगमा १७ वर्षसम्म काम गरेकी अभिनेत्रीको मृत्युले त्यो समय भारतीय फिल्म उद्योग स्तब्ध भएको छ । 

सिल्क साउथ फिल्मकी एक बोल्ड अभिनेत्री थिइन् । सिल्कको कन्ट्रोभर्सी लाइभको विषयमा सन् २०११ मा ‘द डर्टी पिक्चर’ फिल्म बनाइएको थियो । जसमा विद्या बालनले मूख्य भूमिका निभाएकी थिइन् । 

सानै उमेरदेखि कलाकार बन्न्ने सिल्कको सपना 
सिलकको जन्म सन् १९६० डिसेम्बर २ मा आन्ध्र प्रदेशको एल्लुरुको एक गरिब परिवारका भएको थियो । उनको वास्तविक नाम वडलापति थियो । सिल्को परिवार निकै गरिब थियो जसको कारण उनले बाल्यकाल चुला चौकामै बिताएकी थिइन् । 

उनलाई सानौदेखि फिल्म निकै मन पर्दथ्यो । अभिनेत्री बन्ने सपना बोकेकी सिल्कको बाल्य कालमै बिवाह भएको थियो । उनी बैवाहिक जीवनमा खुसी थिइनन् । उनको श्रीमानको परिवारले उनलाई सताउने गरेका थिए । यही कारण एकदिन सिल्क कसैले थाहा नपाउने गरी भागेर चेन्नाई पुगिन् । आफ्नो सपना पुरा गर्न चेन्नाई पुगेकी सिल्कले एक मेकअप गर्लको रुपमा साउथ फिल्म उद्योगमा प्रवेश  गरेकी थिइन् । 

१० वर्षको करियरमा ५ सय फिल्म 
फिल्ममा मेकअप गर्लको रुपमा प्रवेश गरेकी उनले बिस्तरै फिल्म निर्माता र निर्देशकसँग दोस्ती गरिन् । यसले उनको सपना पुरा गर्न सहयोग मिल्यो । उनको सन् १९७९ मा  मलयालम फिल्म ‘इनाये थेडी डेब्यु फिल्म रिलिज भयो । उनको पहिलो फिल्म नै यति चर्चामा आयो कि, उनले आफ्नो सपना साकार भएको देख्न थालिन । उनको बोल्ड अवतार देखेर निर्माताहरुले उनलाई फिल्मको एक गीतमा भए पनि काम गर्न बाध्य पार्न थाले । यसरी उनले आफ्नो करियरको १० वर्षमा पाँच सय भन्दा बढी फिल्ममा काम गरिन् । 

यसरी विजयलक्ष्मीबाट सिल्म स्मिता बनिन्
‘वान्डीचक्रम’ उनको करियरको सुपरहिट फिल्म सावित भयो । जुन् फिलम सन् १९८० मा रिलि भएको थियो । फिल्मको भूमिकामा रहेको नाम सिल्कलाई आफ्नो वास्तविक नासँग जोड्दै उनले आफ्नो नाम नै सिल्क स्मिता राखिन् । उनले कमल हासन, लक्ष्मी कान्त चिरन्जीवी लगायतका ठूला कलाकारसँग काम गरेकी छन् । 

एक्लोपनसँग लड्दै थिइन् स्मिता
एक तर्फ उनी आफ्नो करियरको उचाइमा पुगेकी थिइन् अर्कोत र्फ उनी एक्लोपनसँग लडिरहेकी थिइन् । उनको जीवनका कोही माया गर्ने यक्ति थिइनन् । यस्तो अवस्थामा उनले नसा र मादक पदार्थलाई आफ्नो साथी बनाइन् । यसरी सन् १९९६ सेप्टेम्बर २३ मा उनी आफ्नो घरको पंखामा झुन्ठिएको अवस्थामा मृता फेला परिन् । उनको मृत्युको खबरले साउथ स्तब्ध भयो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर