आदित्य र श्वेताको रिसेप्सन पार्टी : ड्रग्स केसमा फसेका भारती र हर्ष पहिलो पटक सार्वजनिक कार्यक्रममा (भिडियोसहित)

काठमाडौं । चर्चित गायका उदित नारायण झाका छोरा आदित्य नारायणले सन् २०२० डिसेम्बर १ मा बिवाह गरेका छन् । उनले करिब ११ वर्षदेखि प्रेम गरेका प्रेमिका श्वेता अग्रवालसँग बिवाह गरेका हुन् । उनीहरुले सामान्य रितिरिवाजको साथमा इस्ट मन्दिरमा बिवाह गरेका हुन् । 

बिवाहपछि उनीहरुको  रिसेप्सन पार्टी ५ स्टार होटलमा राखिएको थियो । जहाँको एक भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त रिसेपसन पार्टीमा बलिउडका धेरै कलाकारहरुलाई बोलाइएको थियो । जसमा हाँस्य कलाकार भारती सिंह र उनको श्रीमानर हर्ष पनि पुगेका थिए । केही हप्ता अगाडी मात्र ड्रग्स केसमा फसेका उनीहरु जमानतमा छुटेका हुन् । उक्त केसपछि उनीहरुको पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । 

रिसेप्सनमा भारती र हर्षले रमाइलो गरेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भारती र हर्षलाई एनसीबीले २१ नोभेम्बर पक्राउ गरेको थियो । उनीहरुको घरमा एनसीबीले छापा मारेको थियो । जहाँबाट भारी मात्रामा गाँजा बरामत भएको थियो । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Viral Bhayani (@viralbhayani)

"> 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर