‘बिवाहका बेला मेरो शुरुवाल च्यातियो, साथीको लगाएर ७ फेरा लिएँ’–आदित्य  नारायण

काठमाडौं । चर्चित गायक उदित नारायण झाका छोरा आदित्य नारायण झाले सन् २०२० डिसेम्बर १ मा प्रेमीका श्वेता अग्रवालसँग विवाह गरेका छन् । उनको बिवाह एक मन्दिरमा भएको थियो । 

जहाँ ५० जना भन्दा कम मानिसहरु सहभागी थिए । तर रिसेप्सन पार्टी भने ५ स्टार होटलमा गरिएको थियो । कोरोना भाइरस महामारीको कारण  निकै कम मानिसहरु सहभागी भएका थिए । 

उनले हालै दिएको एक अन्तर्वार्तामा आफ्नो विवाहसँग जोडिएको रमाइलो किस्सा सुनाए ।उनले भने, ‘वरमालाको बेला मे पाइजामा (शुरुवाल) च्यातियो, फेरि साथीको पाइजामा लगाएर ७ फेरा लिएँ । मेरो र साथीको पाइजामा एउटै जस्तो थियो, साथीले मलाई वरमालाको बेला बोक्दा पाइजामा फाटेको हो ।’

उनले भने – अहिलेको घर भन्दा केही घर पर मैले नयाँ घर किनेकाे छु । अब केही महिनामा हामाी त्यही  सर्नेछौँ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर