• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

रात्रिकालिन व्यवसाय खुल्ला हुनुपर्ने भन्दै माइतिघरमा प्रदर्शन

तस्विर : समाचारदैनिक

काठमाडौं । दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले तत्काल दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउनुपर्ने माग गर्दै काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । 

बिहीबार काठमाडौंको माइतिघरमा सहभागीहरुले यो क्षेत्र खुलाउनको लागि सरकारले कुनै चासो नदेखाएको भन्दै प्रदर्शन गरेका हुन् ।  यसअघि पटक पटक आफूहरुको व्यवसाय सञ्चालनको लागि सरकार तथा सम्बन्धित सबैलाई आग्रह गर्दापनि कुनै सुनुवाई नभएको भन्दै सडकमा आउनुपरेको उनीहरुले बताएका छन् । 

कोभिड–१९ ले नेपालको अर्थतन्त्र अस्तव्यस्त भएको र यसमा सबैभन्दा ठूलो मारमा दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय पनि परेको समितिको गुनासो छ ।   
उनीहरुले सवै क्षेत्र खुल्ला भइसकेको र अव दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । 

दोहारी तथा रात्रिकालिन व्यवसाय तत्काल खुलाउनुपर्नेमा भन्दै समयमा नै आफुहरुको माग नसुने अर्को चरणको आन्दोलन गर्ने चेतावनी पनि समितिले दिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर