• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

क्याबिनेट बस्नु अघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधामन्त्री ओली केहि समय पहिला शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा के विषय माथि छलफल भयो भनेर खुलाइएको छैन । तर राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाईलेँ बताए । 

नेकपाभित्र विवाद बढ्दा राष्ट्रपतिले पनि हस्तक्षेप गर्ने गरेको आरोप लाग्दै आएको छ । अहिले पार्टीको सचिवालय बैठक चलिरहेको बेला ओली-राष्ट्रपतिबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । 
नियमित मन्त्रिपरिषदको बैठक आजै बस्दै छ ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर