• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कांग्रेस बरिष्ठ नेता पौडेलले गरे बुल्दी खोलाको पुल उद्घाटन

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँको बुल्दी खोलास्थित पुलको उद्घाटन गरेका छन् । हिजो सरकारले अवरोध गरी पुल उद्घाटन रोकी पौडेललाई गिरफ्तार गरेकोमा रिहा भएपछि उनले उद्घाटन गरेका हुन् ।

यसअघि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पौडेललाई पुल उद्घाटन गर्नबाट रोकेको थियो ।  हिजो पौडेललाई गिरफ्तार गरिएको घटनाको सर्वत्र निन्दा भएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवाले ओली सरकारलाई चेतावनी दिदै घटनाको निन्दा गरेका थिए । काँग्रेसले देशव्यापी विरोध कार्यक्रम समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर