• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

'अब कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द हाम्रो आन्दोलन' -पौडेल

पोखरा । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ व्यास १, १० र ११ जोड्ने पक्की पुलको उद्घाटन गरेका छन् । हिजो बुधबार उद्घाटन गर्ने तयारी रहेपनि स्थानीय प्रशासन र कार्यक्रम आयोजकका बीचमा असमझदारी हुंदा कार्यक्रम विथोलिएको थियो  ।  

पुलको उद्घाटन गर्दै काँग्रेस नेता तथा स्थानीय जनप्रतिनिधि रामचन्द्र पौडेलले अब कम्युनिष्ट तानाशाह प्रवृति विरुद्ध आन्दोलन केन्द्रीत गर्ने चेतावनी दिएका छन् । कार्यक्रम विथोलिँदा नेता पौडेललाई स्थानीय प्रहरी प्रशासनले गिरफ्तार गरि साँझ छोडेको थियो । 

पुल उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले गिरफ्तारीको घटनाप्रति आक्रोष पोेखे ।

‘लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता , नेपाली कांग्रेस माथीको घोर अपमान र अत्याचार प्रती खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द हाम्रो आन्दोलन जारी रहनेछ,’ उनले भने ।

नेता पौडेलले सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिती , स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोकिएको बताएका छन् ।  

घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउनु पर्छ भन्ने हाम्रो माग छ,’ उनले भने ।

‘आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्न बाट प्रशासन पछि हटेको प्रष्ट छ । पुल उद्घाटन कार्यक्रम सम्पन्न भएको छ,’नेता पौडेलले भनेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर