• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

प्रधानमन्त्री र गृहमन्त्रीले माफी नमागेसम्म आन्दोलन रोकिदैनः खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता दिपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले माफी नमागेसम्म आन्दोलन नरोकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोमा ओली र बादल दुवैले माफी माग्नुपर्ने भन्दै देशव्यापी आन्दोलन हुने बताए । 

नेता खड्काले भने, ‘प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले माफी नमागेसम्म आन्दोलन जारी रहन्छ ।’ १४ वर्ष जेल बसेर राजनीतिक अन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका वरिष्ठ नेतालाई सामान्य विषयमा नियन्त्रणमा लिनु लोकतन्त्रमाथिको हमला भएको खड्काको तर्क छ । “यो सरकार उन्माद र तानाशाही प्रवृत्तिमा चलेको छ । निरंकुशतामा चलेको सरकारलाई सहेर बस्दैनौँ,” खड्काले भने ।

सडक र सदनबाट आन्दोलनको आँधीबेहेरी ल्याएर सरकारलाई बढार्ने चेतावनी खड्काले दिएका छन् । कांग्रेस एक भएर लोकतान्त्रिक मूल्य र मान्यता जोगाउनका लागि अघि बढ्ने बताउँदै उनले राणा र राजा फाल्ने कांग्रेसलाई कम्युनिष्ट फाल्न कुनै समस्या नहुने पनि बताए ।
त्यसैगरी, खड्काले पछिल्ला दिनमा राजावादीहरु सलबलाएर लोकतन्त्रमाथि हमला भएको टिप्पणी गरे । 

सरकारको कमजोरीका कारण राजसंस्थाको एजेण्डा उठेको भन्दै यसको जिम्मेवारी पनि ओली सरकारले लिनुपर्ने खड्काको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर