• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गत २४ घण्टामा थप १३४३ जनामा कोरोना, १३ को मृत्यु, २१११ निको

काठमाडौं । नेपालमा बिहीबार थप १३४३ जनामा कोरोना पुष्टि भएको छ ।  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १५५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप २१११ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख २० हजार २७२ जना निको भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल १५ हजार ७६६ जना आइशोलेशनमा छन् भने ५७६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपाालमा १७ लाख ६३ हजार ९१९ वटा  पिसिआर गरिएको छ ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर