मेचीनगर नगरपालिकाकी उपप्रमुख सवार गाडीमा आक्रमणको प्रयास

झापा । अज्ञात समूहले  झापाको मेचीनगर नगरपलिकाकी उपप्रमुख चढेको गाडीमा आगो लगाउने प्रयास गरेका छन् । 
 उपप्रमुख मीना उप्रेती चढेको मे १ झ १७२ नंं गाडी एक समूहले जलाउने प्रयास गरेका हुन् ।  जलाउने प्रयास गरेका बेला उपप्रमुख उप्रेती गाडीभित्रै रहेकी थिइन् । 
गाडी जलाउन खोज्ने दुई युवाले आफुहरु नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको उपप्रमुख उप्रेतीले आरोप लगाएकी छिन् । 

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला आज अपरान्ह ३ बजेतिर पूर्व पश्चिम राजमार्गको धाइजन र चारआली बीच खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको हो । 

पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि उपप्रमुखले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएकी थिइन् । गाडी हुइँक्याउन खोज्दा समेत उनीहरुले मोटरसाइकल तेस्र्याएर गाडीको बाटो छेकेको उप्रेतीले बताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर